मुटुको समस्याका कारण सर्जियो अगुएरोले लिए सन्‍न्यास – Nepal Press

मुटुको समस्याका कारण सर्जियो अगुएरोले लिए सन्‍न्यास

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका फरवार्ड सर्जियो अगुएरोले मुटुको समस्याका कारण ३३ वर्षको उमेरमा सन्‍न्यास लिएका छन् ।
उनले क्लब अध्यक्ष जोन लापोर्टा र क्लबको पहिलो टोलीका खेलाडी हरु रहेको एक कार्यक्रममा बधबार विज्ञप्तिमार्फत सन्‍न्यास लिने आफ्नो निर्णयको घोषण गरेका थिए ।

एगुएरोले म्यान्चेस्टर सिटीबाट खेल्नु अगाडि एथलेटिको मड्रिडबाट खेल्दै आफ्ने करियर सुरु गरेका थिए । अक्टोबर ३० मा डिपोर्टिभो आल्भेससँगको ड्रमा उनको छाति दुखेको थियो । जसलाई क्लबले हृदयको एरिथमिया भएको पुष्टि गरेको थियो ।

‘त्यस समयमा अन्तिरिम प्रशिक्षक बार्जुआन अगुएरोले उनलाई थोरै चक्कर लागेको मात्रै बताएको अगरएरोले बताए,‘ यद्यपि, विशेषज्ञहरुको परामर्श पछि, उनलाई खेल जारि राख्न धेरै जोखिम भएको बताइएको थियो ।’

अगरएरो फ्रि-ट्रान्सफरमा जुलाईमा सिटीबाट बार्सिलोना गएका थिए । तर, काफ इन्जिुरिका कारण अक्टोबरमा डेब्यु गर्न सकेनन् ।
उनले बार्सिलोनाबाट सबै प्रतियोगितामा ५ खेल मा जम्मा १ सय ६६ मिनेट मात्रै खेलेका थिए । र, उनले रियाल मड्रिडसँग २-१ गोलको नतिजामा पराजित भएको एल क्लासिकोमा एकगोल मात्र गरेका थिए ।

उनले सिटी बाट ३ सय ९० खेल खेल्दै २ सय ६० गोल गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर