गैरआवासीय नेपालीलाई विदेशी निक्षेप संकलन गर्न अनुमति, तोकियो ५ हजार डलरको सीमा – Nepal Press

गैरआवासीय नेपालीलाई विदेशी निक्षेप संकलन गर्न अनुमति, तोकियो ५ हजार डलरको सीमा

काठमाडौं । परराष्ट्र मन्त्रालयले विदेशीस्थित सबै नेपाली नियोगहरुलाई गैर आवासीय नेपालीहरुबाट स्थापित संस्थाहरुलाई नेपाली बैंकमा निक्षेप संकलन गर्न अनुमति प्रदान गर्न पत्र पठाएको छ ।

मन्त्रालयको नीति, योजना, विकास कूटनीति तथा विदेशमा रहेका नेपालीसम्वन्धी महाशाखाले यस्तो निर्देशन सहितको पत्र पठाएको हो ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो समिक्षा मार्फत तरलता व्यवस्थापनका लागि विदेशबाट निक्षेप संकलन गर्न गैरआवासीय नेपालीलाई आवश्यक सहयोग तथा सुविधा उपलब्ध गराउने व्यवस्था गरेको थियो ।

मौद्रिक नीतिको उक्त व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकले अर्थमन्त्रालयलाई अनुरोध गरेपछि अर्थले परराष्ट्र मन्त्रालयसँग अनुमति मागेको थियो । परराष्ट्रले यसलाई स्वीकृति दिएको हो ।

गैरआवासीय नेपाली र नेपालीहरुबाट प्रवर्द्धित संस्थाले नेपालका बैंकमा अमेरिकी डलर, युरो, पाउण्ड स्टर्लिङ, अष्ट्रेलियन डलर, जपानिज येन र चिनियाँ युआनमा मुद्दती एवं वचत खाता खोल्न सक्ने, विदेशी मुद्रामै आफ्नै बचत लैजान सक्ने गरी न्युनतम ५ हजार अमेरिकी डलर वा सो वरावरको बचत गर्न सकिने गरी व्यवस्था गर्न मन्त्रालयले विदेशस्थिति नेपाली नियोगहरुलाई भनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *