मोडर्ना खोपको तेस्रो खेप नेपाल आइपुग्यो : थप १९ लाख ६५ हजार डोज काठमाडौंमा – Nepal Press

मोडर्ना खोपको तेस्रो खेप नेपाल आइपुग्यो : थप १९ लाख ६५ हजार डोज काठमाडौंमा

काठमाडौं । कोभिड-१९ विरुद्धको मोडर्ना खोपको थप १९ लाख ६५ हजार ६०० डोज नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधामार्फत नेपाललाई प्राप्त मोडर्ना खोपको तेस्रो खेप आइतबार बिहान सवा ९ बजे नेपाल आइपुगेको स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य महाशाखाले जानकारी दिएको छ ।

यसअघि अघिल्लो साता १ लाख ८८ हजार डोज र गत शुक्रबार १४ लाख ९८ हजार ६०० डोज मोडर्ना खोप नेपाल आइसकेको छ ।

सरकारले यो खोप उक्त खोप १२ देखि १७ वर्षसम्मका बालबालिकालाई ४ पुस देखि लगाउने योजना बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *