मिस युनिभर्सको उपाधि भारतकी सन्धुलाई, नेपालले अन्तिम १६ मा पनि स्थान बनाएन – Nepal Press

मिस युनिभर्सको उपाधि भारतकी सन्धुलाई, नेपालले अन्तिम १६ मा पनि स्थान बनाएन

काठमाडौं । यसवर्षको मिस युनिभर्सको उपाधि भारतकी हर्नाज सन्धुले जितेकी छिन् । भारतकै लारा दत्ताले सन् २००० मा उपाधि जितेकी थिइन् ।

गएराति इजरायलको एयलाटमा सम्पन्न ७० औं मिस मिस युनिभर्सको ग्रान्ड फिनालीमा भारतसहित पाराग्वे र दक्षिण अफ्रिकामा अन्तिम ३ मा प्रवेश गरेका थिए ।

भारतको पञ्जाबकी २१ वर्षिया सन्धुले सन् २०२० की मिस युनिभर्स एन्ड्रि मेजाबाट क्राउन पहिरिइन् ।

यसवर्षको मिस युनिभर्समा नेपालकी सुजिता बस्नेतले सहभागिता जनाएकी थिइन् । नेपाल यसपटक अन्तिम १६ मा पनि स्थान बनाउन असफल रह्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *