सेन्ट्रल जोन खेल्ने महिला टोली घोषणा : लक्ष्मी पहिलो पटक भलिबल टोलीमा, कृपा र कामनाको पुनरामगन – Nepal Press

सेन्ट्रल जोन खेल्ने महिला टोली घोषणा : लक्ष्मी पहिलो पटक भलिबल टोलीमा, कृपा र कामनाको पुनरामगन

काठमाडौं । बंगलादेशको ढाकामा हुने एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल प्रतियोगिताको लागि लक्ष्मी चन्दले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएकी छिन् ।

नेपाल भलिवल संघ (एनभिए) ले लक्ष्मी सहित १२ सदस्यीय टोली घोषणा गरेको हो । लक्ष्मिले पहिलो पटक स्थान बनाउदा सरस्वती जैशी, निरुता थगुन्ना र कबिता भट्ट बाहिर रहेको स्रोतले बताएको छ ।

यस अघि महिला टोलिका प्रशिक्षक जगदीश भट्टले शुक्रबार छनोट खेल खेलाइ २० खेलाडी बाट १५ सदस्यीय राष्ट्रिय महिला टोलीको छ्नोट गरेका थिए ।

टोलीमा लक्ष्मी चन्दले पहिलोपटक स्थान बनाएउदा शान्ती थारु, कृपा अधिकारी, कामना विस्ट र मनिषा चौधरीले टोलीमा पुनरागमन गरेका हुन् ।

विभागीय टोली त्रिभुवन आर्मीकी कप्तान कृपा अधिकारीले यसअघि विभागिय तालिममा रहेका कारण प्रशिक्षणमा सहभागी भएकी थिइनन । यस्तै पुलिसकी कामना भने चोटका कारण आराममा रहेकी थिइन् ।

विगत लामो समय देखी निरन्तर राष्ट्रिय महिला भलिबल टोलीकी सदस्य रहँदै आएकी एपिएफकी रेश्मा भन्डारीसहित पुमन चन्द, शान्तिकला तामाङ, उषा विष्ट र जानकी भण्डारी यस अघिनै टोली बाहिर रहे ।

अन्तिम छनोटबाट एपीएफकि कविता भट्ट र निरुता ठगुन्ना बाहिर रहदा आर्मीकी सरस्वती जैसी आउट भइन ।

बंगलादेशमा डिसेम्बर २१ देखि २९ सम्म आयोजना हुने प्रतियोगिताको लागि नेपालि महिला र पुरुष टोलिले प्रशिक्षण सुरु गरेका हुन् ।

छनोट भएका १२ खेलाडी :

१.प्रतिभा माली

२. सरस्वती चौधरी

३. शान्ति थारु

४. उषा भण्डारी

५. सफिया पुन

६. सुनिता खड्का

७. मनिषा चौधरी

८. कामना विष्ट

९. लक्ष्मी चन्द

१०. सलिना श्रेष्ठ

११. अरुणा शाही

१२.  कृपा अधिकारी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर