‘फोर्टिन पिक्स’द्वारा नेटफिल्क्समा सर्वाधिक हेरिने डकुमेन्ट्रीको रेकर्ड – Nepal Press

‘फोर्टिन पिक्स’द्वारा नेटफिल्क्समा सर्वाधिक हेरिने डकुमेन्ट्रीको रेकर्ड

पहिलो साता १२.१७ मिलियन घण्टा हेरियो

काठमाडौं । कीर्तिमान नेपाली आरोही निर्मल पूर्जाको हिमाल आरोहणको विषयलाई लिएर नेटफिल्क्सले निर्माण गरेको डकुमेन्ट्रीले विश्व कीर्तिमान राखेको छ ।

नेटफिल्क्सका अनुसार नोभेम्बर २९ देखि डिसेम्बर ५ सम्म यो फिल्म प्लेटफर्मकै इतिहासमा सर्वाधिक हेरिने डकुमेन्ट्री बनेको छ भने विश्वभरबाट नेटफिल्क्समा हेरिने फिल्मको सातौं स्थानमा उक्लिएको छ ।

उक्त अवधिमा मात्र यो फिल्मलाई नेटफिल्क्समा १२.१७ मिलियन घण्टा हेरिएको छ । ४५ वटा मुलुकमा यो फिल्म सर्वाधिक हेरिने उत्कृष्ट १० मा पर्न सफल भएको छ ।

म्याग्दीमा जन्मिएका पूर्जाले ६ महिना ६ दिनमा आठ हजार मिटरभन्दा अग्ला हिमाल कसरी आरोहण गरेर कीर्तिमान राख्न सफल भए भने चित्रण गर्छ । यो फिल्मले विश्वभरबाट राम्रो समीक्षा समेत बटुलेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *