नाडाको अध्यक्षमा ध्रुव थापा विजयी, करण चौधरी ६६ मतले पराजित – Nepal Press

नाडाको अध्यक्षमा ध्रुव थापा विजयी, करण चौधरी ६६ मतले पराजित

काठमाडौ । अटोमोबाइल्स् एसोसिएसन अफ नेपाल (नाडा)को अध्यक्षमा पोखराबाट अटो व्यावसाय गर्दै आएका ध्रुव थापा विजयी भएका छन् । प्रत्यासी करण चौधरीलाई ६६ मतले पछि पार्दै थापाले जित हात पारेका हुन् ।

विजयी थापाले १४ सय १३ मत ल्याउँदा चौधरीले १३ सय ४७ मत पाए । नाडाको चुनावमा २ हजार ७ सय ८८ मत खसेको थियो । कार्यसमिति सदस्यमा भने करण चौधरीको प्यानलको बहुमत छ ।

१२ जना करण चौधरीको प्यानल र ५ जना थापा प्यानलबाट कार्यसमपति सदस्यमा जित हात पारेका गरेका छन् ।

चौधरीको समूहबाट मिलनबाबु मल्ल (१४६४), अनुप कुमार बराल (१४६२), राजनबाबु श्रेष्ठ (१४५६), सुरेन्द्र कुमार उप्रेती (१४३०), सुनिल रिजाल (१४०१), अभिक ज्योति (१३८२), प्रकाश कपुरी (१३७८), बिक्राम सिंघानिया (१३७०) विजयी छन् । यस्तै, निलमणि पाठक (१३५३), बरदान बस्नेत (१३५३) र पंकज अग्रवाल (१३३७ मत) विजयी भएका छन् ।

थापाको समूहबाट निराकर श्रेष्ठ (१३६४), यमुना श्रेष्ठ (१३६२), कपिल शिवाकोटी (१३४९), प्रदीपमान प्रधान (१३४७) र आकाश गोल्छा (१३४४) विजयी भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *