बार्सिलोना १७ वर्षपछि च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिर – Nepal Press

बार्सिलोना १७ वर्षपछि च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिर

एजेन्सी । जर्नम च्याम्पियन बायर्न म्युनिखसँग पराजित भएपछि पाँच पटकको युरोपियन च्याम्पियन बार्सिलोना १७ बर्षपछि च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ ।

सन् २००३–०४ पछि पहिलो पटक बार्सिलोना अन्तिम १६ मा स्थान बनाउन असफल भएको हो । बार्सिलोनाले अव युरोपा लिग खेल्नेछ ।

यसै वर्ष आर्थिक समस्याका कारण स्टार खेलाडी लियोनल मेस्सीलाई गुमाएको बार्सिलोनाको लागि यो अर्को खराब स्थिति हो । बुधबार राति बायर्न म्युनिखको घरेलु मैदान एलियान्ज एरिनामा भएको खेलमा बार्सिलोना ३-० ले पराजित भयो ।

समूह ‘इ’कै अर्को खेलमा बेन्फिकाले डाइनामो किभलाई पराजित गरेपछि पूर्वखेलाडी जाभि होर्नाण्डेज प्रशिक्षिक बार्सिलोना बाहिरिएको हो ।

बायर्नको जितमा थोमस मुलर, लिरोए साने र जमल मुसिएलाले गोल गरे ।

३४औं मिनेटमा थोमस मुलरले गोल गर्दै बायर्नलाई अग्रता दिलाए । ४३औं मिनेटमा सानेले गोल गर्दै अग्रता दोहोरो बनाए । ६२औं मिनेटमा जमलले गोल गर्दै बायर्नलाई जित दिलाए ।

समुहको अर्को खेलमा बेनफिकाले डाइनामोलाई २-० गोलअन्तरले हरायो । बेफिकाको जितमा रोमन यारेमचुक र गिल्बर्टो जुनियरले गोल गरे ।

जितसँगै बायर्नले ६ खेलबाट शतप्रतिशत विजय हासिल गर्न सफल भयो । ९ अंकको अन्तर रहेको बेनफिका उपविजेताका रुपमा नकआउट चरणमा पुगेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर