भारतको एकदिवसीय क्रिकेट कप्तानबाट कोहली बर्खास्त, रोहितलाई जिम्मेवारी – Nepal Press

भारतको एकदिवसीय क्रिकेट कप्तानबाट कोहली बर्खास्त, रोहितलाई जिम्मेवारी

नयाँ दिल्ली । भारतको एक दिवसीय क्रिकेट टिमका कप्तानमा रोहित शर्मा नियुक्त भएका छन् । बिराट कोहलीलाई कप्तानबाट बर्खास्त गर्दै भारतीय क्रिकेट बोर्ड बीसीसीआईले रोहितलाई कप्तान रोजेको हो ।

दक्षिण अफ्रिकाको भ्रमणका लागि भारतीय क्रिकेट बोर्डले सदस्यीय टिम घोषणा गरेको छ । घोषित एकदिवसीय टिमको कप्तान रोहितलाई तोकिएको छ भने टेस्ट टिमको कप्तानमा बिराटलाई यथावत राखिएको छ । दक्षिण अफ्रिकाविरुद्ध ३ टेस्टका लागि १८ सदस्यिय टिम घोषणा गरिएको छ, जसमा रोहित उपकप्तान छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार बिराटलाई सदाका लागि सिमित एकदिवसीय कप्तानबाट हटाइएको हो । यसअघि उनले टि-२० टिमको कप्तानी आफैंले त्यागेका थिए । टि-२० मा पनि रोहितलाई कप्तान बनाइएको छ । दक्षिण अफ्रिकाविरुद्ध खेल्ने एक दिवसीय टिमको भने घोषणा गरिएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर