एक्स्ट्रिम वर्ल्ड टुर ट्रायथलनको ब्राण्ड एम्बास्डर बनिन् सोनी – Nepal Press

एक्स्ट्रिम वर्ल्ड टुर ट्रायथलनको ब्राण्ड एम्बास्डर बनिन् सोनी

काठमाडौं । हिमालयन एक्स्ट्रिमको आयोजनामा नेपालमा पहिलोपटक हुन लागेको ‘एक्स्ट्रिम वर्ल्ड टुर ट्रायथलन’ मा १३ औं दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता खेलाडी सोनी गुरुङ ब्रान्ड एम्बास्डर चुनिएकी छिन् । प्रतियोगिता २०२२ मे ७ मा पोखरामा आयोजना हुँदैछ ।

प्रतियोगिताको एस्ट्रिम पक्ष फेवातालमा ३.५ किमी पौडी, १८० किलोमिटर साइक्लिङ र ४३ किलोमिटर दौड हुनेछ । विश्वभरीका करिव १ सय प्रतियोगीहरूको सहभागिता हुने उक्त एक्स्ट्रिम रेश नेपालमा पहिलो पटक हुन लागेको हो ।

स्वर्णधारी खेलाडी सोनी गुरुङ ‘आइकन’ खेलाडी भएकीले उनलाई ब्राण्ड एम्बेसडर बनाएको आयोजक हिमालयन एक्स्टिमका रेस डाइरेक्टर रिक्की योञ्जनले बताए ।

सशस्त्र प्रहरी बल (एपीएफ) की खेलाडी सोनीले उक्त प्रतियोगितामा प्रतिस्पर्धा पनि गर्नेछिन् ।

ब्राण्ड एम्बेसडर चुनिएपछि सोनीले नेपालमा पहिलो पटक हुन लागेको ‘एक्स्ट्रिम वल्र्ड टुर ट्रायथलन’ मा सहभागी हुन पाउँदा निकै गर्व लागेको बताइन् ।

उनले भनिन् , ‘विश्वका एकसे एक एथलिटहरुसंग आफ्नै देशमा सहभागी हुन पाउनु आफ्नो लागि मात्रै नभई देशकै लागि गौरवको कुरा हो । ´
प्रतियोगिताका लागि विगत ५ महिना देखि निरन्तर रुपमा अभ्यासमा जुटेकी सोनीले आफूले सोचेको सपना पुरा गर्नेतर्फ नै लागि परेको बताइन् । ‘यो हामीले खेलिरहेको भन्दा निकै कठिन र जोखिमपूर्ण प्रतियोगिता हो’ उनी भन्छिन्-‘नेपाली खेलाडीहरु कठिन संघर्षकाबीच पनि देशको झण्डा उठाउन कुनै कसर बाँकी राख्दैनन् भन्ने कुरालाई म थप चरितार्थ गर्दै देशका लागि केही योगदान गर्न चाहन्छु ।’

दुई वर्षअघि आयोजना हुने तय भएको उक्त प्रतियोगिता कोभिड १९ का कारण स्थगित हुन पुगेको थियो । ‘एक्स्ट्रिम वल्र्ड टुर ट्रायथलन’ विश्वकै साहसिक प्रतियोगिताका रुपमा चिनिने गर्दछ । यूरोपका विभिन्न देशहरूमा यो प्रतियोगिता वर्षेनी आयोजना हुँदै आए पनि एसियामा भने पहिलोपटक आयोजना हुन लागेको हो आयोजकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर