भक्तपुरमा अटोमोवाइल्स एसोसिएसन गठन – Nepal Press

भक्तपुरमा अटोमोवाइल्स एसोसिएसन गठन

काठमाडौं । भक्तपुरमा अटोमोवाइल्स एसोसिएसन गठन गरिएको छ । भक्तपुरमा रहेका अटोमोबाइल्स व्यवसायीहरुको भेलाले दीपेन्द्र खर्वुजाको अध्यक्षतामा भक्तपुर अटोमोवाइल्स एसोसिएसन गठन गरिएको हो ।

सात सदस्यीय एसोसिएसनकोे सचिवमा स्वयम्भुरत्न शाक्य, कोषाध्यक्षमा सुरेन्द्रप्रसाद प्रजापति रहेका छन् भने सदस्यहरुमा दीपेश बेजू, राजेश कवां, महेन्द्र दुवाल र रामकृष्ण श्रेष्ठ रहेका छन् ।

भक्तपुरमा अटोमोवाइल्स सम्वन्धि काम गर्ने सम्पूर्ण व्यवसायीको हकहितको लागि एसोसिएसन गठन गरेको अध्यक्ष खर्वुजाले बताए । अटोमोवाइल्स सम्वन्धि सरोकारवाला सम्पूर्णलाई एसोसिएसनमा एकताबद्ध हुन उनले आह्वान समेत गरेका छन् ।

एसोसिएसनले व्यवसायीहरुको हितको लागि मात्रै नभई उपभोक्ताको हितमा पनि विशेष ध्यान दिने जनाइएको छ । उपभोक्ता हाम्रा देवता हुन्, अध्यक्ष खर्वुजाले भने, ‘त्यसकारण उनीहरु नठगिउन् भन्नेमा पनि हामी विशेष ध्यान दिनेछौं’ ।

अटोमोवाइल्ससँंग सम्वन्धित अटोमोबाइल्स शोरुम, अटोमोवाइल्स रिकण्डिशन (एक्सचेन्ज), अटोमोवाल्स पार्ट तथा लुव्रिकेन्टस् विक्रीवितरण, मर्मत तथा वर्क सप ९अटोमोवाइल्स मर्मत तथा सम्भार०मा काम गर्ने व्यवसायीहरु एसोसिएटमा आवद्ध हुनसक्ने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *