राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा आर्मीको वर्चश्व – Nepal Press

राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा आर्मीको वर्चश्व

दिनेश थापा । सिन्धुपाल्चोकको बाह्रविसेमा सम्पन्न राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा विभागीय टिम नेपाल आर्मीले आफ्नो वर्चश्व देखाएको छ । खुल्ला राष्ट्रब्यापी ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलको उपाधि नेपाली सेनाका रत्नजित तामाङ्गले जिते ।

फाइनलमा रत्नले सेनाकै नविन श्रेष्ठमाथि २१–१८, २१–१९ को जित निकाल्दै उपाधि उचालेका हुन् । रत्नले उपाधिका साथै नगद १ लाख २५ हजारसहित मेडल र प्रमाण पत्र प्राप्त गरे । दोश्रो भएका नविनले नगद ६५ हजार सहित मेडलमा नै चित्त बुझाएका छन् ।

मंसिर १५ देखि सुरु भएको प्रतियोगिताको महिला एकल तर्फ सेनाकी रशिला महर्जनले सेनाकै अमिता गिरीलाई सोझो सेटमा पराजित गर्दै प्रमथ स्थान हासिल गरिन् । उनले गिरीलाई २१–१६, २१–१६ को समान अन्तरले पराजित गरिन् । रशिलाले नगद ५० हजार सहित मेडल र प्रमाण पत्र तथा गिरीले २५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरिन् ।

पुरुष एकलतर्फ भने सेनाको टिमलाई कास्कीको टिमले सोझो सेटमा हराउँदै उपाधिमा चुमेको छ । पुरुष युगलतर्फ शीर्ष २० बरियताका खेलाडीहरू भने सहभागी थिएनन् । कास्कीका विधान अधिकारी र बिशाल खड्काको जोडीले सेनाका पविन लिनथेप र सुरोज महर्जनको जोडीलाई २१–१६, २१–१७ ले पराजित गर्दै उपाधि उचालेका हुन् । पुरुष युगलतर्फ विजयी र उपविजेताले नगद १ लाख र ५० हजारका साथै मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।

भेट्रान्स ४५ वर्षमाथिको प्रतिस्पर्धामा पिस फिटनेश क्लबका संजय कपाली र श्याम लामाको जोडीले तनहुका मान बहादुर राना मगर र देव बहादुर थापाको जोडीलाई २१–१८, २१–११ ले पराजित गरे । बिजेता तथा उपविजेताले गिफ्ट ह्याम्परका साथै मेडल र प्रमाण पत्र प्राप्त गरे ।

जिल्लास्तरिय पुरुष युगल तर्फको प्रतिस्पर्धामा बा¥हबिसेका अभिषेक गुरुङ्ग र रमेश शेर्पाको जोडीले बाजी मारे । उक्त जोडीले चौताराका प्रकाश श्रेष्ठ र रमेश श्रेष्ठको जोडीलाई २१–१२, १८–२१, २१–१६ ले पराजित गरेका हुन् । पहिलो र दोस्रो हुने दुवैले गिफ्ट ह्याम्पर मेडल र प्रमाण पत्र प्राप्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर