एनआरटीको लगातार दोस्रो बराबरी – Nepal Press

एनआरटीको लगातार दोस्रो बराबरी

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा अन्तर्गत तेस्रो चरणको खेलमा न्युरोड टिम एनआरटी र च्यासल युथ क्लबले बराबरी खेलेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न शनिबारको दोस्रो खेलमा च्यासल र एन आर टीले १—१ गोलको बराबरी खेल्दै अंक बाढेका हुन् ।

च्यासलले पहिलो हाफमा एक गोल गर्दा एन आर टीले दोस्रो हाफमा बराबरी गोल गरेको थियो ।

खेलको ४३ औं मिनेटमा रुमेश बर्तौलाले गरेको गोलबाट च्यासलले अग्रता लिएको थियो । एनआरटीका मेसुके ओलोउमोउको हेड रिबान्डमा अनमार्क रहेका रुमेशले आकर्षक भलि गोल गरे ।

७९ औं मिनेटमा बैकल्पिक दिपेश घलेले गोल गर्दै एनआरटीलाई खेलमा फर्काए । एनआरटीका नविन गुरुङको क्रस च्यासलका राजिव लोप्चाङबाट डिफ्लेक्ट हुँदा दिपेशले बक्सभित्रबाट सहजै गोल गरे ।

खेलको म्यान अफ दि म्याच च्यासलका कबिराज महर्जन भए ।

बराबरीसँगै च्यासलले तीन खेलबाट चार अंक जोडेको छ । पहिलो खेलमा थ्री स्टारसँग ३–० ले पराजित भएको च्यासलले दोस्रो खेलमा एपिएफलाई १–० ले पराजित गरेका थियो ।

यता एनआरटीको भने यो दोस्रो बराबरी हो । पहिलो खेलमा मछिन्द्र क्लबसँग २–१ ले पराजित भएको एनआरटी दोस्रो खेलमा ब्रिगेड ब्वाइजसँग बराबरीमा रोकिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर