सिता रानाले हङकङमा क्रिकेट खेल्ने – Nepal Press

सिता रानाले हङकङमा क्रिकेट खेल्ने

काठमाडौं । नेपाल राष्ट्रिय क्रिकेट टोलीकी सदस्य सिता राना मगरले हङकङमा आयोजना हुने फेयर ब्रेक इन्भिटेसनल–२०२२ क्रिकेट प्रतियोगिता खेल्ने भएकी छिन् ।

शनिबार क्विन्स इभेन्ट मेनेजमेन्टले पत्रकार सम्मेलन गर्दै सिताले फेयर ब्रेक इन्भिटेसनल प्रतियोगिता खेल्ने र त्यसको लागि छनोट भएको जनाएको हो ।

‘क्विन्स इभेन्ट मेनेजमेन्टको अथक प्रयास र खेलाडी स्वयंको मेहेनतको फलस्वरूप सिता राना मगर हंङकंङमा आयोजना हुने महिला क्रिकेट प्रतियोगिता फेयर ब्रेक इन्भिटेसनल २०२२ खेल्नका लागि छनोट हुनुभएको छ ।’ प्रेस विज्ञप्तीमा भनिएको छ ।

यो संगै सिता विदेशी प्रतियोगिता खेल्ने पहिलो नेपाली महिला क्रिकेट खेलाडी समेत बनेकी छन् ।

फेयर ब्रेक इन्भीटेसनल २०२२ अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९ आईसीसी० बाट मान्यता प्राप्त महिला टी–२० क्रिकेट प्रतियोगिता हो । प्रतियोगिता आगामी १ देखि १५ मे सम्म आयोजना हुनेछ ।

६ टोली सम्मिलित प्रतियोगितामा भारतकी हर्मप्रित कौर, पाकिस्तानकी सना मिर जस्ता विश्वका चर्चित खेलाडीहरुको सहभागिता रहने छ ।

क्रिकेटको माध्यमबाट लैङ्ङ्गिक समानता र महिलालाई समाजको मुलधारमा ल्याउने उदेश्यका साथ यस प्रतियोगिताको आयोजना हुँदैछ ।

प्रतियोगितामा सिता राना मगर कुन टोलीबाट खेल्ने भन्ने अन्तिम निर्णय भने आयोजक आफैँले गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर