मिस्टर नेपाल २०२२ हुँदै : विश्वभरदेखि नेपाली युवाले आवेदन दिन सक्ने – Nepal Press

मिस्टर नेपाल २०२२ हुँदै : विश्वभरदेखि नेपाली युवाले आवेदन दिन सक्ने

काठमाडौं । कोरोनाभाइरस महामारीले रोकिएका सौन्दर्य प्रतियोगिता धमाधम सुरु हुन थालेका छन् । युवाहरुको सहभागिता हुने मिस्टर नेपाल पनि आयोजना हुने भएको छ । एक्सपोज नेपालले आयोजना गर्दै आएको यो प्रतियोगिता यस बर्षदेखि नेक्स्ट मोडल्सले गर्ने भएको हो । आयोजकले पेजेन्टको नयाँ संस्करणको आवेदन खुला समेत गरेको छ ।

जारी विज्ञप्तिमा १८ बर्षदेखि ३२ बर्ष ननाघेका युवाले आवेदन दिन सक्ने भएका छन् । संसारभर रहेका ५ फिट ८ इन्चभन्दा माथिको उचाइ भएका नेपाली नागरिकले भाग लिन पाउने भएका छन् । अडिसन माघको दोस्रो सातादेखि सुरु हुँदैछ । यो बर्षबाट आयोजकले बिभिन्न जिल्लामा आयोजना हुने स्थानिय सौन्दर्य प्रतियोगिताका विजेतालाई समेत भाग लिने अवसर दिने भएका छन् ।

‘मिस्टर वर्ल्ड’ मा मुलुकको सहभागितालाई बलियो तुल्याउन र प्रतिस्पर्धालाई उचाइ दिन यो पेजेन्टमा जोडिएको नेक्स्ट मोडल्स नेपालका सीइओ रवि धमलाले बताए । ‘यो बर्ष मिस्टर नेपाल’ मुलुकमा आयोजना हुने सबै सौन्दर्य प्रतियोगिताभन्दा भव्य हुनेछ’ धमलाले भने । शीर्ष विजेताले ‘मिस्टर वर्ल्ड २०२२’ मा भाग लिनेछन् ।

अडिसनबाट छानिएका प्रतियोगीलाई पौडी, फुटबल, रक क्लाम्बिङ, समाजसेवा, सर्ट हाइकिङ, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङलगायतका दर्जन बढी बिषयको नेक्स्ट मोडल्स नेपालको वेभसाइट तथा इ-सेवाबाट समेत आवेदन दिन सकिने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *