टेलर स्वीफ्ट, एड सिरन र ब्याड बनी यसवर्ष संसारमै बढी सुनिने संगीतकर्मी, कुन गीत धेरै सुनियो ? – Nepal Press

टेलर स्वीफ्ट, एड सिरन र ब्याड बनी यसवर्ष संसारमै बढी सुनिने संगीतकर्मी, कुन गीत धेरै सुनियो ?

काठमाडौं । पपस्टारहरु एड सिरन, टेलर स्वीफ्ट र ब्याड बनी सन् २०२१ मा सबैभन्दा बढी सुनिने संगीतकर्मी बनेका छन् । विश्वसंगीतका दुई ठूला स्ट्रिमिङ प्लेटफर्महरु स्पटीफाइ र एप्पल म्युजिकले बिहीबार यस्तो घोषणा गरेका हुन् ।

पप-पंक एन्थम ‘गुड फर यू’मार्फत ओलिभिया रोड्रिगो ती दुबै प्लेटफर्मममा सर्वाधिक सुनिने नयाँ गायिका बनेकी छिन् । स्पटीफाइ प्रयोगकर्तामाझ संसारभर उनको पहिलो गीत ‘ड्राइभर लाइसेन्स’ धेरै सुनिएको छ ।

एप्पल म्युजिकका प्रयोगकर्ताले चाहिँ दक्षिण कोरियाली पपब्यान्ड बीटीएसलाई रुचाएका छन् । उक्त ब्यान्डको गीत डायनामाइट यो वर्ष उक्त प्लेटफर्मममा सर्वाधिक सुनिने गीत बनेको छ ।

सन् २०२० मा रिलिज भएको बीटीएसको डायनामाइट गीत स्पटीफाइ प्लेटफर्ममा सर्वाधिक सुनिने उत्कृष्ट पाँच गीतको सूचीमा अटाएन किनभने उक्त सेवा दक्षिण कोरियामा मात्र लन्च गरिएको थियो ।

ओलियो रोड्रिग्युजको सावरपछि डुआ लिपाको डिस्को-पप ओडिसी गीत ‘फ्युचर नोस्टालजिया’ दोस्रो बढी सुनिएको गीत बनेको छ । एड सिरनको ब्याड ह्याबिट्स स्पटीफाइमा तेस्रो सर्वाधिक सुनिने गीत बनेको छ ।

स्पटीफाइका अनुसार पुएर्तो रिकाका र्‍यापर ब्याड बनी यसवर्ष सर्वाधिक लोकप्रिय गायक बनेका छन् । उनको गीत चाहिँ ९.१ बिलियन पटक सुनिएको छ । यसवर्ष आफ्ना दुई क्लासिक एल्बमहरु फियरलेस र रेड रिलिज गरेकी गायिका टेलर स्वीफ्टलाई स्पटीफाइमा दोस्रो सर्वाधिकपटक सुनिएको छ ।

एप्पल र स्पटीफाइले संयुक्तरुपमा यसवर्ष विश्व स्ट्रिमिङ बजारमा ४८ प्रतिशत हिस्सा ओगटेका छन् । पछिल्ला १२ महीनामा स्पटीफाइका उत्कृष्ट पाँच गीतलाई १ बिलियनभन्दा बढी पटक सुनिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *