मलेसियाविरुद्ध नेपाल टस जितेर फिल्डिङ गर्दै – Nepal Press

मलेसियाविरुद्ध नेपाल टस जितेर फिल्डिङ गर्दै

काठमाडाैं । आईसीसी महिला ट्वान्टी-२० विश्वकप एसिया क्वालिफायरको आफ्नो चौथो खेलमा नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।
दुवईस्थित आईसीसी एकेडेमी ओभलको मैदानमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ ।

यसअघि तीनमध्ये दुई खेल जितेको नेपाली टोलीलाई ग्लोवल क्वालिफायरमा पुग्ने आशा जीवितै राख्नका लागि मलेसियालाई हराउनै पर्नेछ ।

प्रतियोगितामा एकमात्र अपराजित टोली युएईले आज कुवेतसँग खेल्दैछ । आज मलेसियालाई पराजित गरी आइतबार हुने आफ्नो अन्तिम खेलमा युएईलाई हराएमा नेपाल ऐतिहासिक रुपमा ट्वान्टी-२० विश्वकपको ग्लोवल क्वालिफायरमा पुग्नेछ ।

नेपालले अहिलेसम्म एसिया क्वालिफायर पार गर्न सकेको छैन । यसअघि थाइल्याण्डले नेपालको चुनौति समाप्त गर्दै आएको थियो । थाइल्याण्ड सिधै ग्लोवल क्वालिफायरमा पुगेका कारण धेरै आशासहित युएई पुगेको नेपाल पहिलो खेलमै हङकङसँग पराजित भएको थियो । त्यसपछि भुटानलाई ८ र कुवेतलाई ९ विकेटले हराएर नेपालले आफ्नो आशा कायमै राखेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर