मानव अधिकार चलचित्र महोत्सवमा ‘जुलुङ्गो’ उत्कृष्ट – Nepal Press

मानव अधिकार चलचित्र महोत्सवमा ‘जुलुङ्गो’ उत्कृष्ट

काठमाडौं । ‘नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’को नवौं संस्करण बिहीबार सम्पन्न भएको छ । मानव अधिकार चलचित्र केन्द्रले आयोजना गरेको महोत्सव चार दिनसम्म भर्चुअल रुपमा सञ्चालन भएको थियो ।

महोत्सवमा नेपाललगायत २४ देशका ४२ चलचित्र प्रदर्शन गरिएको थियो । महोत्सवमा प्रदर्शन भएका तीन विधाका तीन चलचित्रले पुरस्कार जितेका छन् । महोत्सवमा राजेशप्रसाद खत्रीको ‘जुलुङ्गो’, मीरा खड्का र ज्योति बेलबासेको ‘नो स्कुल टुडे’ र एन्जिला चौधरी र पुष्पा जोशीको ‘ललित’ ले उत्कृष्ट बन्दै पाँच सय अमेरिकी डलर पुरस्कार पाएका छन् ।

जुलुङ्गो’ले फिक्सन तर्फबाट उकृष्ट, ‘नो स्कुल टुडे’ले उत्कृष्ट वृत्तचित्र र महिला फिल्मेकरतर्फको उत्कृष्ट चलचित्रका रुपमा ‘ललिता’ लाई पुरस्कृत गरिएको हो । महोत्सवमा आशा मगराती, मनोजबाबु पन्त र लिना रञ्जितले निर्णायक मण्डलको भूमिका निर्वाह गरेका थिए ।

महोत्सवको पहिलो गत सोमबार बिहान ७ बजेदेखि छनोट भएका चलचित्रहरू ‘मुभी डटकम’ वेबसाइटमा प्रदर्शन भएका थिए । महोत्सवमा लघु चलचित्र, वृत्तचित्र, फिचरलगायत सबै विधाका चलचित्रहरु प्रर्दशन गरिएका थिए ।

महोत्सवको सहआयोजक राष्ट्रिय मानव अधिकार आयोग र नेपालका लागि क्यानाडाको राजदूतावास रहेको थियो । यस्तै महोत्सवका लागि युरोपियन युनियन, आईओएम, आइसिजे, प्लान इन्टरनेसनल, मोबाइल आर्ट फर पिसले सहयोग गरेका थिए । चलचित्र विकास बोर्ड र मानव अधिकार चलचित्र सन्जालले महोत्सवलाई प्रवद्र्धन गरेका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *