काठमाडौं महानगरका ३२ वटै वडामा आज कोरोनाविरुद्ध पहिलो र दोस्रो डोज खोप लगाउन सुरु – Nepal Press

काठमाडौं महानगरका ३२ वटै वडामा आज कोरोनाविरुद्ध पहिलो र दोस्रो डोज खोप लगाउन सुरु

काठमाडौं । काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा आज पनि कोरोनाभाइरसविरुद्धको खोप लगाइँदै छ ।

महानगरमा सबै वडा कार्यालयमा रहेका खोप केन्द्रमा पहिलो र दोस्रो मात्राको खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

खोप केन्द्रमा अस्ट्राजेनेकाको दोस्रो र भेरोसेल खोपको पहिलो र दोस्रो डोज खोप लगाइने छ। बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खोप लगाइने छ । खोप लगाउनको लागि उमेर खुल्ने परिचयपत्र लगेर खोप केन्द्रमा गएर खोप लगाउन सकिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *