सेयर बजार ११.६० अंकले घट्यो, लगानीकर्ता मौद्रिक नीतिको समिक्षाको पर्खाइमा – Nepal Press

सेयर बजार ११.६० अंकले घट्यो, लगानीकर्ता मौद्रिक नीतिको समिक्षाको पर्खाइमा

काठमाडौं । यो साताको पहिलो दिन सेयर बजार परिसुचक नेप्सेमा ११.६० अंकले घटेको छ । यो सँगै नेप्से २७५७.५३ अंकको बिन्दुमा ओर्लिएको छ ।

२२५ कम्पनीको ७८ लाख ९४ हजार ४६८ कित्ता सेयर किनबेच भएको नेप्सेमा ४ अर्ब ३५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यसैगरी सेन्सेटिभ परिसुचक समेत ३.७५ अंकले घटेर ५१८.२५ अंकको बिन्दुमा झरेको छ ।

लगानीकर्ताहरु चालु आर्थिक वर्षको मौद्रिक नीतिको समिक्षाको प्रतिक्षामा रहेकाले बजार बढ्न नसकेको विश्लेषण भइरहेको छ । नेपाल राष्ट्र बैंकले सेयर बजारको सहजताका लागि चाल्ने सकारात्मक भुमिका तथा नीतिगत निर्णयको पर्खाईमा लगानीकर्ताहरु रहेका छन ।

लगानीकर्ताले मौद्रिकको नीतिको समिक्षा मार्फत मुख्य २ कुराको अपेक्षा गरेका छन । मौद्रिक नीति मार्फत सेयर कर्जामा गरिएको ४-१२ को सिमालाई हटाउने वा दयरा बढाउने र बजारमा तरलता सहज बनाउन लागि राष्ट्र बैंकको सकारात्मक भुमिका लगानीकर्ताहरुले खोजिरहेका छन ।

समूहगत उपसुचक तर्फ आज जलविद्युत समूह र उत्पादन तथा प्रसोधन समूह बाहेकका समूहको कारोबारमा ऋणात्मक रह्यो । जलविद्युत समूहको सेयर कारोबार १३ अंक र उत्पादन समूहको सुचाङ्क करिब ९६ अंकले बढेको छ ।

यसैगरी सबैभन्दा धेरै नीर्जीवन बीमा समूहको ६४.१६ अंक, व्यापार समूहको ५८.५४ अंक र होटल तथा पर्यटन समूहको ५०.८८ अंकले कारोबारमा गिरावट महसुस गरिएको छ ।

अन्य समूहको सुचाङ्क ३८.८८ अंकले घटेको छ भने बाँकी समूहको सुचाङ्क समान्य अंकले घटेका छन । नारायणी डेभलपमेन्ट बैंक र मानुसी लघुवित्त वित्तीय संस्थाको सेयर कारोबारमा सकारात्मक सर्किटब्रेक लागेको छ ।

करिब ५१ करोड रुपैयाँ बराबरको सेयर कारोबरा गरेको महालक्ष्मी विकास बैंक कारोबार रकमका आधारमा आग्रस्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *