१८ वर्षमाथिका सबैलाई कोरोनाविरुद्धको खोप लगाइने – Nepal Press

१८ वर्षमाथिका सबैलाई कोरोनाविरुद्धको खोप लगाइने

काठमाडौं । सरकारले १८ वर्षमाथिका सबै नागरिकलाई कोरोनाभाइरस विरुद्धको खोप दिने भएको छ । देशभर खोप लगाउन प्रदेशहरूमा खोप पठाउने काम भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसअघि सरकारले खोप उमेर र पेसालाई वर्गीकरण गरेर लगाउँदै आएको थियो ।

अहिले नेपालमा झण्डै ३६ लाख खोप उपलब्ध छ । खोप लगाउन बाँकी १८ वर्षभन्दा कम उमेरका बालबालिका लागि खरिद सम्झौता गरिएको खोप डिसेम्बरभित्र आउने मन्त्रालयले जनाएको छ ।

फाइजर खोप १२ वर्षदेखि १८ वर्षका बालबालिका र दीर्घरोगीलाई लगाउनका लागि सरकारले खरिद सम्झौता गरिसकेको छ। ६० लाखको खरिद सम्झौता भएको र १० वा १५ लाखको दरले भण्डार क्षमता अनुसार आउने छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार कूल १ करोड ६९ लाख ८६ हजार ३६९ लगाएको खोपमध्ये ९१ लाखले mएक मात्रा र ७८ लाखभन्दा बढीले दोस्रो मात्रा खोप लगाइसकेका छन् । १८ वर्षभन्दा तलका धेरै नागरिकले खोप नलगाएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *