‘ए डिभिजन लिग’मा आज दुई खेल
नेपाल प्रेस
२०७८ मंसिर ४ गते ७:४४
शुक्रबारबाट सुरु भएको ‘ए डिभिजन लिग’ फुटबलमा आज दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लब र संकटा क्लब भिड्नेछन् । खेल दिउँसो १ बजे दशरथ रंगशालामा हुनेछ ।
आजै ४ः ४५ बजे हुने खेलमा ललितपुर डर्बी अन्तरगत थ्री स्टार र च्यासल युथ क्लब भिड्नेछन ।
लिग हिजोबाट सुरु भएको हो । उद्घाटन खेलमा हिजो सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
प्रतिक्रिया