‘चपली हाइट’बारे स्वस्तिमाकाे जवाफ : स्टारडमको दबाब लिएकी छैन, राम्रो छ चल्छ-नत्र चल्दैन – Nepal Press

‘चपली हाइट’बारे स्वस्तिमाकाे जवाफ : स्टारडमको दबाब लिएकी छैन, राम्रो छ चल्छ-नत्र चल्दैन

काठमाडौं । ‘चपली हाइट’ तीन कोरोना महामारीपछि रिलिज हुन लागेको प्रतीक्षित नेपाली फिल्म हो । आगामी पुस २ गते रिलिज हुने फिल्म स्टारकास्टले पनि चर्चामा छ ।

स्वस्तिमा खड्का, अर्पण थापा लगायतका कलाकारहरु समावेश मल्टिस्टारर फिल्मका अघिल्ला दुईवटा प्रिक्वेलहरु व्यवसायिकरुपमा हिट भैसकेका छन् । के ‘चपली हाइट’को तेस्रो सिक्वेलले दर्शकलाई फर्काउन सक्ला भन्ने प्रश्न अहिले सबैजनामा छ ।

फिल्म रिलिज हुने सोही मितिमा हलिउडको बहुप्रतीक्षित फिल्म स्पाइडरम्यान : नो वे होम पनि प्रदर्शन हुँदैछ । ‘स्पाइडरम्यान’ ‘चपली हाइट’को व्यापारमा चुनौति हुनसक्छ । हलिउड सुपरहिरोको उक्त ट्रेलरले राम्रै चर्चा बटुलेको छ भने चपली हाइटको ट्रेलर आजमात्र रिलिज भएको छ ।

यस्तोमा, के ‘चपली हाइट’ले जबर्जस्त ओपनिङ गर्ला ? आयोजित पत्रकार सम्मेलनमा निर्माता अर्जुनकुमारले भने, ‘अन्य फिल्मसँग जुध्दा फरक पर्दैन । यो ‘चपली हाइट’ हो । फिल्महरु आउँछन् जान्छन् ।’ उनले ‘स्पाइडरम्यान’ ठूलै फिल्म भएपनि त्यसले आफ्नो फिल्मलाई असर नपार्ने दावी गरिरहेका थिए । यी त भए फिल्म जुध्दा व्यापारमा असर पर्ने कुरा ।

अर्कोतर्फ, फिल्मको व्यापार स्टारकास्टमा पनि निर्भर हुनेगर्छ । चपली हाइटमा दर्शक तान्न स्वस्तिमा खड्काको स्टारपावर चल्नुपर्छ । सुरुमा स्टारपावर अनि त्यसपछि कन्टेन्ट । स्वस्तिमा यसबारे के भन्छिन ?

पत्रकार सम्मेलनमा उनले भनिन, ‘स्टारडमको प्रेसर लिएको छैन । राम्रो छ भने चल्छ । छैन भने छल्दैन । प्रेसर छैन ।’ उनले यसअघि फ्लप भएका फिल्म पनि कन्टेन्टकै कारण असफल भएकोतर्फ संकेत गरिन् ।

नौ वर्षपछि चपली हाइटको तेस्रो सिक्वेल रिलिज हुन लागेको हो । निकेश खड्काले निर्देशन गरेको फिल्मलाई अर्जुन कुमारले निर्माण गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *