नेशनलपेमेन्ट स्वीचको पहिलो चरणको औपचारिक सुरुवात, २९ बैंक वित्तिय संस्था जोडिए (सुचीसहित) – Nepal Press

नेशनलपेमेन्ट स्वीचको पहिलो चरणको औपचारिक सुरुवात, २९ बैंक वित्तिय संस्था जोडिए (सुचीसहित)

काठमाडौं । नेशनल पेमेन्ट स्वीचको पहिलो चरणमा २९ बैंक वित्तिय संस्था जोडिएको एनसीएचएलले जनाएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, एनसीएचएल तथा सम्बन्धित बैंक वित्तिय संस्थाका प्रतिनिधिको उपस्थितिमा नेशनल स्वीचमा औपचारिकरुप जोडिएको घोषणा गरिएको थियो ।

नेपाल सरकारको बजेट तथा मौद्रीक नीतीमा समेत पेमेन्ट स्वीचको स्थापनाको लागी नेपालक्लियरिङ हाउसलाई स्वीकृती प्रदान गरिएको थियो ।

हाल पहिलो चरणमा १८ वटा वाणिज्य बैक, ५ वटा विकास बैंक र ६ फाइनान्स कम्पनीहरु गरी २८ बैंक वित्तिय संस्थाहरुले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

यसैगरी अन्य बैंक वित्तिय संस्थाहरु, भुक्तानी प्रणाली संचालक र भुक्तानी सेवाप्रदायकहरुलाई समेत छिट्टै नेशनल पेमेन्ट स्वीचमा आबद्ध गराइने कम्पनीले जनाएको छ ।

कार्ड बाहेकका भुक्तानी प्रणाली बीच अन्तरआवद्धता कायम गरी पहिलो चरणमा रिटेल पेमेन्ट स्वीच अन्तर्गत क्युआर भुक्तानी, मोबाइल बैकिङ, वालेट-वालेट बीचअन्तरआबद्धता, विभिन्न भुक्तानीका लागि बिलर गेटवे मार्फत अन्तरआबद्धता तथा पिएसओ सेटलमेन्ट लगायतका भुक्तानी उपकरण उपलब्ध हुने बताइएको छ ।

उक्त स्वीच रिटेल भुक्तानीको प्राथमिक पूर्वाधारको रुपमा रही विभिन्न रियल टाइम, नन-रियल टाइम तथाओपन एपिआइका मार्फत बैंक वित्तिय संस्थातथा गैर बैंकिङ्ग संस्थाले आफ्ना ग्राहकलाई अन्य थप सेवा पनि प्रदान गर्न सक्नेछन् । त्यसैगरी दोश्रो चरणमा कार्ड र कार्ड सँग सम्बन्धित भुक्तानीको लागी नेशनल कार्ड स्वीच र नेपाल पेमेन्ट कार्डको आवश्यक कार्य अघि बढाइने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *