आईएमईमा पठाएको पैसाको ८ गुणा बढी पुरस्कार पाए जिवेशले – Nepal Press

आईएमईमा पठाएको पैसाको ८ गुणा बढी पुरस्कार पाए जिवेशले

काठमाडौं । आईएमईले ल्याएको ‘डबलको डबलको डबल अफर’को विजेता जिवेश दाहाल बनेका छन् । लक्की ड्रमार्फत विजेता बनेका उनले १२ लाख जितेका हुन् ।

आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रबन्ध निर्देशक हेमराज ढकाल, ब्राण्ड एम्बेसडर दीपकराज गिरी र दीपाश्री निरौलाले संयुक्तरूपमा प्रविधिमा आधारित स्टार्ट बटन क्लिक गरेर विजेता छानेका थिए ।

दाहालले अल अहलिया एक्सचेन्जबाट आईएमई गरी नेपालमा १ लाख ५६ हजार ५ सय ५८ रूपैयाँ पठाएका थिए । उपहारमार्फत उनले उक्त रकमको ८ गुणा अर्थात् १२ लाख ५२ हजार ६४ रूपैयाँ प्राप्त गरेका छन् ।

कार्यक्रममा बोल्दै आईएमई ग्रुपका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले पछिल्लो ३ महिनायता नेपालमा रेमिट्यान्स घटेको बताए । हाल विदेश हुने नेपालीले पैसाभन्दा पनि सामान नै नेपाल पठाउने गरेकाले रेमिट्यान्समा कमी आएको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *