दुर्घटनामा गम्भीर घाइते डाक्टर खरेलको मृत्यु – Nepal Press

दुर्घटनामा गम्भीर घाइते डाक्टर खरेलको मृत्यु

रूपन्देही । सडक दुर्घटनामा घाइते भएका डा. दीपक खरेलको उपचारका क्रममा मृत्यु भएको छ । बाणगंगा नगरपालिका वडा नं. ८ का खरेलको उपचारको क्रममा काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो ।

कपिलवस्तु सामुदायिक अस्पतालमा कार्यरत डा. खरेल कार्तिक २१ गते दुर्घटनामा परेका थिए । जिल्लाको बुद्धभूमि टिक्करमा मोटरसाइकल दुर्घटनामा उनी गम्भीर घाइते भएका थिए ।

घाइते भएपछि बुटवलमा उपचार हुन नसकेपछि उनलाई हेलिकप्टरबाट काठमाडौं लगिएको थियो । टाउको र घाँटीमा चोट लागेको उनलाई बुटवलबाट काठमाडौंको मेडिसिटी अस्पतालमा रिफर गरिएको थियो । आर्थिक स्थिति कमजोर भएका कारण उनलाई तीन दिनअघि ट्रमा सेन्टरमा रिफर गरिएको हो ।

ट्रमा सेन्टरमा उनको न्यूरो सर्जन डा. राजीव झा नेतृत्वको टोलीले उपचार गरेको थियो । हालै मात्र डा. खरेलको सबै उपचार निःशुल्क गर्न सरकारले निर्देशन दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *