रिस्ताको एक्सन अवतार : ‘पासो’को फस्टलुकसँगै रिलिज डेट घोषणा – Nepal Press

रिस्ताको एक्सन अवतार : ‘पासो’को फस्टलुकसँगै रिलिज डेट घोषणा

काठमाडौं । नायिका रिस्ता बस्नेत केही समयदेखि ठूलो पर्दाबाट हराएकी थिइन् । उनले अभिनय गरेका पछिल्ला केही फिल्म व्यवसायिक रुपमा सफल हुन नसकेपछि रिस्ता आफूलाई नयाँ स्वरुपमा ढाल्नका लागि समय लिएकी थिइन् ।

उनै, रिस्ता दर्शकमाझ फरक अवतारको साथमा आउँदैछिन् । उनको मुख्य भूमिका रहेको फिल्म ‘पासो’को फस्टलुकसँगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ । यो फिल्म चैत १८ अर्थात अप्रिल १ तारिखबाट देशभर रिलिज हुने वितरक करण श्रेष्ठ ‘क्रेजी’ले जानकारी दिएका छन् ।

सरु र प्रमिला नाम गरेका दुई जना साथी एक अपराधिक गिरोहद्धारा कुनै उच्च पदस्थ व्यक्तिको शारीरिक तृष्णा मेटाउनका लागि अपहरणमा परेको कथामा यो फिल्म निर्माण भएको छ । यी दुईले आफूलाई खतरनाक परिस्थितीबाट जीवीत राख्न गरेको संघर्षको कथामा यो फिल्म निर्माण भएको निर्देशक आरबी पुनले जानकारी दिए ।

फिल्ममा पुनको नै कथा, पटकथा तथा संवाद छ । फिल्मलाई भगवान भुजेलले निर्माण गरेका हुन् । क्राइम र सर्भाइभल जनरामा निर्माण गरिएको निर्माणपक्षले जानकारी दिएको छ । बसन्त घिमिरे, अनु मुस्कान, अनुराग ढुंगाना, सरस्वती गुरुङ चलचित्रका सह-निर्माता हुन् । फिल्ममा रिस्ताको साथमा सुनिसा बजगाँई, रामकुमार बस्ताकोटी, प्रतिक दुलाल, प्रणव आकाशको मुख्य भूमिका छ । फिल्ममा सूर्य दयालुको संगीत, उत्तम हुमागाँइको छायांकन, भूपेन्द्र अधिकारीको सम्पादन छ ।

फिल्मको फस्टलुकबाटै नायिका रिस्ताको मिहिनेत झल्किएको छ । दर्शकले फरक स्वादको फिल्म हेर्न पाउने विश्वास निर्माणपक्षले गरेको छ । नायिका बस्नेतले पनि लामो समयपछि आफूले खोजेजस्तो कथामा काम गर्न पाएको बताइन् । फिल्मलाई जीजीए गु्रप र एफडी कम्पनीले वितरण गर्दैछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *