महंगो मूल्यमा भारतीय कम्पनीले किन्यो ‘प्रेमगीत ३’को हिन्दी राइट – Nepal Press

महंगो मूल्यमा भारतीय कम्पनीले किन्यो ‘प्रेमगीत ३’को हिन्दी राइट

काठमाडौं । मुम्बइको फिल्म वितरण कम्पनी ‘इम्पोसिबल फिल्म्स’ले महंगो मूल्यमा ‘प्रेमगीत ३’को हिन्दी संस्करणको अधिकार खरिद गरेको छ ।

निर्माता सन्तोष सेनले भारतीय साझेदार कम्पनीले भारु ४ करोडमा आफनो फिल्मको हिन्दी राइट खरिद गरेको बताए । अब फिल्मको रिलिज मिति पनि चाँडै टुंगो लाग्ने भएको छ ।

रिलिजबारे निधो गर्न निर्माता सेन शनिबार मुम्बई जाँदैछन् । ‘मेरो पहल भनेकै सकेसम्म चाँडो नेपाली भाषामा फिल्मलाई नेपालभर रिलिज गर्नु हो । यसबारे आउने साता हामी इन्डियन पार्टनरसँग बसेर टुंगो लगाउनेछौं’ सेनले नेपाल प्रेसलाई भने ।

सकेसम्म नेपाल र भारतमा एकैपटक फिल्म रिलिजबारे पहल गर्ने तर, भारतीय रिलिज ढिलो हुने परिस्थिती आए नेपालमा चाँडो गर्ने तयारीमा निर्माता सेन छन् । कोरोना महामारीको कारण यसअघि प्रेमगीत-३ पोस्टपोन्ड भैसकेको छ ।

इम्पोसिबल फिल्मसले ७० प्रतिशत लाभांश आफूले लिने र ३० प्रतिशत नेपाली निर्मातालाई दिने गरी सहमती गरेको जनाइएको छ । प्रेमगीत-३ मा प्रदीप खड्का, क्रिस्टिना गुरुङको मुख्य भूमिका छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *