अमेरिकी सहायकमन्त्री लूद्वारा खोप कार्यक्रमको अवलोकन (भिडिओ) – Nepal Press

अमेरिकी सहायकमन्त्री लूद्वारा खोप कार्यक्रमको अवलोकन (भिडिओ)

काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले आज बिहान त्रिवि शिक्षण अस्पतालमा जारी कोभिड-१९ विरुद्धको खोप अभियानको अवलोकन गरेका छन् ।

गत आइतबारदेखि अमेरिकाले अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको फाइजर खोप अभियान सुरु भएको छ । कोभ्याक्स सुविधाअन्तर्गत अमेरिकाले यसअघि जोन्सन एन्ड जोन्सन र फाइजर खोप उपलब्ध गराइसकेको छ ।

सो अवसरमा स्वास्थ्यमन्त्री विरोध खतिवडा पनि सहभागी थिए । १२ वर्षभन्दा माथिका बालबालिका र दीर्घरोगीलाई फाइजर खोप लगाउन सुरु गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *