४१२ कोरोना संक्रमित थपिए, १ जनाको मृत्यु – Nepal Press

४१२ कोरोना संक्रमित थपिए, १ जनाको मृत्यु

नेपालमा कोरोना भाइरस (कोभिड—१९) का ४१२ जना संक्रमित थपिएका छन् । ११ हजार ९९३ जनामा भएको परीक्षणमा सो संख्यामा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट भएको १० हजार १०६ परीक्षणमा ३६३ र एन्टीजेन विधिबाट भएको १ हजार ८८७ परीक्षणमा ४९ जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै आज २०२ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *