रोमामा माउरिन्हो समस्या होइनन्: टोटी – Nepal Press

रोमामा माउरिन्हो समस्या होइनन्: टोटी

काठमाडौं । फ्रान्सिस्को टोटीले जोस माउरिन्होले रोमालाई ट्रयाकमा फर्काउनेमा विश्वास व्यक्त गरेका छन् । र, मोरिन्होको आलोचना गर्नेहरू गलत रहेको बताएका छन् ।

रोमाका लिजेन्ड टोटीले भनेका छन्, ‘माउरिन्हो क्लबको समस्या होइनन्, समर्थकहरूले उनलाई साथ दिनुपर्छ ।’

रोमाले गत मेमा माउरिन्होलाई मुख्य प्रशिक्षकको रूपमा भित्र्यायो र नयाँ खेलाडीहरूमा करिब १ सय ३० मिलियन लगानी गरेको थियो । जुन सिरी ‘ए’ टोलीले एकै सिजनमा गर्ने ठूलो खर्च हो ।

रोमाले इतिहासमा तेस्रो पटक एकै सिजनका पहिलो ६ वटा प्रतिस्पर्धात्मक खेलहरु जित्दा सबैकुरा सकरात्मक रूपमा सुरुआत भएको थियो । तर, पछिल्लो १२ खेलमध्ये ४ खेलमा मात्रै जित निकालेसँगै क्लब फेरि खराब लयमा पुगेको छ ।

गत हप्ता सिरी ‘ए’ का घरेलु मैदानका ४३ खेलमा रोमाको अपराजित यात्रा मिलानविरुद्धको हारसँगै समाप्त भएको थियो । नोभेम्बरको सुरुआतमा बोडो-ग्लिम्टसँगको निराशाजनक बराबरी र भेनेजियाविरुद्ध घरेलु मैदानमा ३-२ गोलको नतिजामा बेहोरेको हारसँगै सुरु भएको थियो ।

तर, टोटीले रोमाको हारमा मारिन्होको सतप्रतिशत गल्ती नरहेको दाबी गरेका छन् ।

‘यदि हामी मोरिन्होलाई रोमाको समस्याको रुपमा सोच्छौ भने हामी सबै कुरामा गलत छौं,’ टोटीले स्काइ स्पोर्ट्ससँग भने,‘माउरिन्होले सिरी ‘ए’का अन्य सबै प्रशिक्षकहरू भन्दा बढी उपाधि जितेका छन्, उनलाई सलाम छ । तपाईहरू उसको काममा केन्द्रित हुनुपर्छ । उनी एक महान प्रशिक्षक र एक महान प्रेरक हुन् । के र कसरी गर्नुपर्छ भन्ने उनलाई थाहा छ ।’

खराब फर्म भए पनि रोमा सिरी ‘ए’मा छैठौं स्थानमा छ । र, शीर्ष चारबाट तीन अंकले पछाडि छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर