माछापुच्छ्रे बैंकको २३औँ वार्षिक साधारण सभा सम्पन्न, १४ प्रतिशत लाभांश प्रस्ताव पारित – Nepal Press

माछापुच्छ्रे बैंकको २३औँ वार्षिक साधारण सभा सम्पन्न, १४ प्रतिशत लाभांश प्रस्ताव पारित

काठमाडौं । माछापुच्छ्रे बंक लिमिटेडको २३ औँ वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन , लेखापरीक्षकको प्रतिवेदन, नाफा नोक्सान बाडँफाडँ, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह सहित सम्पुर्ण विवरणहरु पास गरेको छ ।

यसका साथै सञ्चालक समितिले प्रस्ताव गरेको १४ प्रतिशत लाभांश ९०.७ प्रतिशत नगद र १३.३० प्रतिशत बोनस लाभांश साधारण सभाले पास गरेको छ ।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६० करोड ७८ लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी १७ रुपैंया ७६ पैसा कायम गरेको थियो । बैंकको चुक्ता पूँजी ९ अर्ब ५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा २ अर्ब ७० करोड रुपैयाँ रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *