भारतीय प्रशिक्षक शास्त्रीले जाँदा-जाँदै भने- टिममा आरामको जरुरी छ – Nepal Press

भारतीय प्रशिक्षक शास्त्रीले जाँदा-जाँदै भने- टिममा आरामको जरुरी छ

एजेन्सी । भारतीय क्रिकेट टोलीका प्रशिक्षक रवि शास्त्रीले आफ्नो टिमका खेलाडी शारीरिक र मानसिक रुपमा कमजोर भएको बताएका छन् ।

प्रतियोगिताअघि उपाधिको मुख्य दावेदार मानिएको भारतीय टोलीले आईसीसी ट्वान्टी-२० विश्वकपमा निशाराजनक प्रदर्शन गरेको थियो । समूहको अन्तिम खेलमा नामिवियामाथि ९ विकेटको जित हासिल गरे पनि उनीहरु त्यसबाट सन्तुष्ट थिएनन् ।

ओपनर रोहित शर्मा र केएल राहुलले अर्धशतक प्रहार गरेपछि १३३ रनको लक्ष्य पछ्याएको भारतले ९ विकेटको जित निकालेको थियो । रविन्द्र जडेजाले ३-१६ र रविचन्द्रन आश्विनले ३-२० को प्रदर्शन गरेपछि नामिविया १३२-८ मा सीमित भएको थियो ।

सुरुआती खेलमा पाकिस्तान र न्युजिल्याण्डसँग पराजित भएपछि नै भारतको सेमिफाइनल प्रवेशको सम्भापना लगभग समाप्त भइसकेको थियो । त्यसयता तीन खेलमा जित निकाले पनि अर्को चरण प्रवेशका लागि पर्याप्त भएन ।

विश्वकप सुरु हुनुअघि ११ महिनासम्म भारतीय टोलीले निकैनै व्यस्त तालिकाबीच क्रिकेट खेलेको थियो । योबीचमा अस्ट्रेलियामाथिको टेष्ट जित, इंग्ल्याण्डसँग ८ टेष्ट, न्युजिल्याण्डसँग विश्व टेष्ट च्याम्पियनसिपको फाइनल तथा इंग्ल्याण्ड र भारतसँगको एकदिवशीय शृंखला ।

यसबीचमा भारतीय खेलाडीले ६ महिना बायो बबलमा गुजारे । जुनको सुरुआतमा इंग्ल्याण्ड गएको नेपाली टोली सेम्टेम्बर १९ देखि अक्टोबर १५ सम्म दुवईमा आईपीएलका लागि व्यस्त रह्यो । आईपीएल सकिएको ८ दिनपछि उनीहरुले विश्वकप अन्तर्गत पाकिस्तानसँग खेले ।

पाँच वर्षको कार्यकालपछि राहुल द्रविडलाई जिम्मेबारी सुम्पिएर विदा हुन लागेका शास्त्रीले खेलाडीलाई आरामको आवश्यकता रहेको बताएका छन् ।

‘म आफैं मानसिक रुपमा कमजोर भइसकेँ । यो मेरो उमेरका कारण हुनसक्छ । तर खेलाडीहरु शारीरिक र मानसिक रुपमै फिका देखिन थालेका छन्,’ प्रशिक्षक शास्त्रीले भने, ‘उनीहरुले ६ महिना बायो बबलमा विताए । हामी वास्तवमा आईपीएल र विश्वकपको बीचमा पर्याप्त समय चाहिरहेका थियौं ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर