प्रदीप खड्काको ‘प्रकाश’ बैशाखमा, स्वस्तिमाको ‘चपली हाइट’ पुस २ गते – Nepal Press

प्रदीप खड्काको ‘प्रकाश’ बैशाखमा, स्वस्तिमाको ‘चपली हाइट’ पुस २ गते

काठमाडौं । दुई प्रतीक्षित नेपाली फिल्मले प्रदर्शन मिति तय गरेका छन् । प्रदीप खड्का स्टारर ‘प्रकाश’ २०७९ सालको बैशाखमा रिलिज हुने भएको छ भने स्वस्तिमा खड्काको ‘चपली हाइट ३’ पुस २ गते ।

प्रकाश निर्देशक दिनेश राउतले सम्भवतः बैशाख २५ गते फिल्म रिलिज हुनसक्ने बताए । ‘ठ्याक्कै मिति यकिन छैन तर, बैशाखभित्रै फिल्म प्रदर्शन हुनेछ’ नेपाल प्रेससँग उनले भने ।

अर्जुन कुमारले निर्माण गरेको स्वस्तिमा खड्का र अर्पण थापा स्टारर थ्रीलर ड्रामा ‘चपली हाइट ३’ पुस २ गते प्रदर्शन हुने भएको हो । आगामी चैत २८ गते प्रदर्शन हुने भनिएको फिल्म तीन महिनाअघि प्रि–पोन्ड भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *