फिल्म हलमा अबदेखि महिला दर्शकलाई निःशुल्क स्यानिटरी प्याड – Nepal Press

फिल्म हलमा अबदेखि महिला दर्शकलाई निःशुल्क स्यानिटरी प्याड

काठमाडौं । महिला दर्शकलाई लक्षित गर्दै अब राजधानीका मल्टिप्लेक्स फिल्म हलहरुमा स्यानिटरी प्याड निःशुल्क उपलब्ध हुने भएको छ ।

छायाँ मलस्थित क्यूएफएक्स सिनेमाजले शुक्रबारदेखि यस्तो सुविधा ल्याएको हो । ‘महिनावारी भएका महिलालाई समस्या पनि नहोस् र सुविधा पनि मिलोस भन्ने उद्देश्य हाम्रो हो’ छायाँ फिल्म हलका म्यानेजर सुनिल श्रेष्ठले नेपाल प्रेसलाई भने ।

फिल्म हेर्न हल पुगेका महिला दर्शकले मागेको खण्डमा निःशुल्क स्यानिटरी प्याड दिइने उनले बताए । हलमा जाँदा प्याडकै कारण फिल्म आधा छुटाउनुपर्ने र झन्झट व्योहोर्नुपर्ने समस्या महिला दर्शकले भोगिरहेको गुनासोको आधारमा यस्तो सुविधा ल्याइएको हो ।

मल्टिप्लेक्स फिल्म हलहरु संचालनमा आएसँगै पछिल्ला वर्षमा महिला दर्शकको संख्या बढिरहेको नेपाल चलचित्र संघले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *