शुक्रबार १ सय संक्रमित थपिए, २ जनाको मृत्यु – Nepal Press

शुक्रबार १ सय संक्रमित थपिए, २ जनाको मृत्यु

६४९ जना निको

काठमाडौं । कोरानोभाइरसको नमूना परिक्षणमा कमि आएसँगैै संक्रमितको संख्या पनि घटेको छ । पछिल्लो २४ घण्टामा २ हजार ३०७ वटा पीसीआर परीक्षण र २ हजार ५३७ जनाको एन्टिजेन परीक्षण गर्दा १८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने ६४९ जना निको भएका छन् । गत २४ घण्टामा ३७७५ जनाले कोरोनाभाइरस विरुद्धको खोप लगाएका छन् ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख भन्दा बढी पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ४३८ पुगेको छ भने ७ लाख ९४ हजार ४३८ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ८ हजार ४१३ जना रहेका छन् । जसमध्ये ७ हजार ७६३ जना होम आइसोलेसनमा रहेका छन् भने ६५० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २०० जना आईसीयू र ५५ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *