भिटेन युट्युव ट्रेन्डिङको शीर्षस्थानमा, नयाँ गीतमा सत्ताविरुद्ध आक्रामक – Nepal Press

भिटेन युट्युव ट्रेन्डिङको शीर्षस्थानमा, नयाँ गीतमा सत्ताविरुद्ध आक्रामक

‘अपराधी सरकारले पाल्या छ
भात खुवाउँदै मजाले राख्या छ
बिग्रेको समाजको दोष
मेरो टाउकोमा खन्याउँदै हाल्या छ
के गर्न खोजेको हो थाहा छैन
जेल हाल्छ मलाई समातेर
के फाइदा छ र मलाई यहाँ
बिग्रिसकेको समाज बिगारेर ?’

गायक समीर घिसिङ उर्फ भिटेन आफ्नो पछिल्लो र्‍याप नम्बर ‘गल्ली सडक’मा सरकारप्रति क्रुद्ध देखिएका छन् । ४ मिनेट १३ सेकेन्ड लामो उनको यो ट्रयाक प्रहरी, प्रशासन र सत्ताविरुद्ध आक्रामक सुनिन्छ ।

गीतमार्फत अश्लिलता फैलाएको आरोपमा भिटेन अक्टोबर २४, २०१९ मा पक्राउ परेका थिए । आइन्दा अश्लिलता नफैलाउने र सीमसिमे पानी नामक गीतलाई प्राइभेट तुल्याउने सर्तमा उनलाई प्रहरीले छाडेको थियो ।

गतसाता युट्युवमा रिलिज भएको नयाँ गीत ‘गल्ली सडक’मा पनि भिटेन प्रहरीप्रति आक्रोशित छन् । सात दिनमा यो गीतलाई १७ लाख २७ हजारभन्दा बढी पटक युट्युवमा हेरिएको छ ।

यो गीतमा प्रयुक्त लिरिक्स सुन्दा लाग्छ, प्रहरीले आफूप्रति गरेको व्यवहारको जवाफ भिटेनले गीतमार्फत दिएका छन् । आफ्नै कम्पोज, आवाज र शब्दमा भिटेनले ल्याएको यो गीतमा उनले तन्नेरीमा रहेको फ्रस्टेसन पोखेका छन् ।

गल्ली सडक बोलको यो गीत एकसातादेखि नेपालमा युट्युव ट्रेन्डिङ (म्युजिकतर्फ)को शीर्षस्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *