आलोकश्रीले ल्याए कुमार कान्छाको अन्तिम गीत ‘नैना रेशम’ – Nepal Press

आलोकश्रीले ल्याए कुमार कान्छाको अन्तिम गीत ‘नैना रेशम’

काठमाडौं । गायक कुमार कान्छाको स्वर रहेको अन्तिम गीत ‘नैना रेशम’ इन्टरनेट सार्वजनिक भएको छ । संगीतकार आलोकश्रीले गायक कान्छाको निधनको झन्डै एक दशकपछि गीत लन्च गरेका हुन् ।

‘साइनो’ एल्मबमा संग्रहित गीत रेकर्डको क्रममा गायक कान्छाको निधन भएको थियो । ‘उहाँको अन्तिम निशानीस्वरुप यो गीत श्रोतामाझ ल्याएका हुँ’ आलोकश्रीले नेपाल प्रेसलाई भने ।

शब्द तथा संगीत समेत आलोकश्रीको रहेको गीत रोमान्टिक जनरमा बनेको छ । गीतमा प्रेमीले आफ्नी मायालुको प्रशंसा बुनेका छन् । आमुल कार्की ढलीको संगीत संयोजन र गुन्जन रेकडिङ स्टुडियोमा रेकर्ड भएको उक्त गीतको भिडिओ पनि निर्माण भएको छ ।

आधुनिक गीतकोबाहेक ‘बतासैले उडाइ लग्यो माया मेरो’, ‘जिन्दगीको के भर छ र’जस्ता मर्मस्पर्शी गीत पनि कान्छाले गाएका छन् । बलिउडका ख्यातीप्राप्त गायक कान्छाले केही नेपाली फिल्ममा समेत पाश्र्वगायन गरेका छन् । एक समय बलिउडमा उनको ख्याती उचाइमा थियो । उदितनारायण झा बलिउड भित्रिएपछि भने कुमार कान्छाको बलिउड क्रेज केही खस्किएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *