पत्नी मधुलाई लिएर बिदा मनाउन राजेश हमाल दुबईतर्फ – Nepal Press

पत्नी मधुलाई लिएर बिदा मनाउन राजेश हमाल दुबईतर्फ

काठमाडौं । अभिनेता राजेश हमाल पत्नी मधुलाई लिएर विदेश घुम्न कमै निस्कन्छन् । स्वदेशमा चाहिँ मधुसँग उनले विभिन्न ठाउँ घुमिसकेका छन् । हमाल दम्पत्ति बुधबार युएईको दुबई सहरतर्फ बिदा मनाउन निस्केको छ ।

दुबईमा नेपाली समुदायले आयोजना गर्ने सांस्कृतिक कार्यक्रममा शुक्रबार उनीहरुले सहभागिता जनाउनेछन् । यो कार्यक्रममा हमालले नाचगान गर्ने समेत जनाइएको छ ।

त्यसबाहेक दुबईका विभिन्न पर्यटकीय ठाउँमा हमाल दम्पत्तिले घुमघाम गर्ने जनाइएको छ । प्रायः चाडपर्वमा विदेशस्थित नेपाली समुदायले आयोजना गर्ने कार्यक्रममा हमालले भाग लिने गरेका छन् । यसपटक चाहिँ मधुलाई लिएर राजेश विदेश हानिएका हुन् ।

प्रायः तिहारमा हमाललाई टीका लगाउनका दिदीहरु काठमाडौंस्थित घरमा आउने गर्थे तर, यसपटक भने हमालले दुबईतिरै तिहार मनाउने बुझिएको छ । हमालको मुख्य भूमिका रहने फिल्म सत्यमको छायांकन तिहार लगत्तै पोखरामा सुरु हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *