५० लाख डोज खोप खरीदमा सहजीकरण गरिदिन भारतीय राजदूतलाई स्वास्थ्यमन्त्रीको आग्रह – Nepal Press

५० लाख डोज खोप खरीदमा सहजीकरण गरिदिन भारतीय राजदूतलाई स्वास्थ्यमन्त्रीको आग्रह

काठमाडौं । सरकारले भारतबाट थप ५० लाख मात्रा कोभिड-१९ विरुद्धको खोप खरीद गर्ने भएको छ । स्वास्थ्यमन्त्री विरोध खतिवडाले भारतीय राजदूत विनयमोहन क्वात्रासँगको भेटमा खोप खरीद कार्यमा समन्वय गर्न आग्रह गरेका छन् ।

स्वास्थ्य सेवा विभागले भारतीय खोप निर्माता कम्पनीसँग खरीद प्रक्रिया अघि बढाएको छ । जवाफमा राजदूतले आफ्नो तर्फबाट आवश्यक सहयोग तथा समन्वय गर्ने बताएका थिए ।

मन्त्री खतिवडाले राजदूत क्वात्रासँगको भेटमा आपसी हित र द्धिपक्षीय सम्बन्धबारे पनि कुरा गरेका थिए । कोभिड महामारीका बेला भारत सरकारका तर्फबाट खोप, औषधि तथा अन्य स्वास्थ्य सामग्री उपलव्ध गराएकोप्रति मन्त्री खतिवडाले धन्यवाद दिएका थिए ।

उनले दुई देशले प्रदान गरेको कोभिड-१९ विरुद्धको खोपलाई आपसी मान्यता दिने भारत सरकारको प्रस्ताव प्रक्रियामा रहेको बताए । ‘तपाईँहरुको तर्फबाट आएको सो प्रस्ताव परराष्ट्र मन्त्रालयको सुझाव अनुसार कानून न्याय तथा संसदीय मामिला मन्त्रालय तथा गृह मन्त्रालयको राय सहमति माग गरेको र त्यहाँबाट सहमति प्राप्त हुनासाथ आवश्यक प्रक्रिया अघि बढ्ने छ,’ उनले राजदूत क्वात्रालाई भने ।

भेटमा मन्त्री खतिवडाले नेपालमा मिर्गौलाका बिरामी दिनानुदिन बढ्दै गई रहेको भन्दै थप डाइलाइसीस मेसिनको आवश्यकता रहेको बताए । उनले १५० देखि पछिल्लो निर्देशिकामा नयाँ एम्बुलेन्स क र ख बर्गका मात्रै लिन पाइने भन्ने छ । भारतले बर्षेनी उपलव्ध गराउने ठूलो संख्याका एम्बुलेन्सहरु ग वर्गका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *