रुपन्देहीको सलाई उद्योगमा आगलागी, ४ करोड बराबरको क्षति – Nepal Press

रुपन्देहीको सलाई उद्योगमा आगलागी, ४ करोड बराबरको क्षति

रूपन्देही । तिहारको पहिलो दिन रूपन्देहीको बुटवल उपमहानगरपालिका १६ मा रहेको एक सलाई उद्योगमा आगलागी हुँदा ४ करोड क्षति भएको छ ।

मंगलबार राति ८ बजेको समयमा सेमलार पश्चिम कर्साघाटस्थित सलाई फ्याक्ट्रीमा भएको आगलागी राती १२ बजे नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले जानकारी दिए ।

बुटवल उपमहानगर, लुम्बिनी सांस्कृतिक नगरपालिका, तिलोत्तमा नगरपालिका र गैडहवाका दमकलहरु र सुरक्षाकर्मीहको पहलमा आगलागी नियन्त्रणमा आएको हो ।

सो उद्योगमा राजेन्द्र ढकालसहित ५ जनाको संयुक्त लगानी रहेको छ । पड्किने खालका वस्तुहरूलाई स्थानान्तरण गरी क्षति कम गर्ने प्रयास गरेको प्रहरीले मुचुल्का उठाएपछि क्षतिको पूर्ण विवरण आउने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *