च्याम्पियन्स लिग- रोनाल्डोको गोलबाट युनाइटेडले हार टार्‍यो, बायर्न र बार्सिलोनाले पनि जिते – Nepal Press

च्याम्पियन्स लिग- रोनाल्डोको गोलबाट युनाइटेडले हार टार्‍यो, बायर्न र बार्सिलोनाले पनि जिते

पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डोले दुई गोल गरेपछि इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडले यूईएफए च्याम्पियनन्स लिगमा हार टारेको छ ।

मंगलबार राति इटालीयन क्लब एटलान्टासँग २–१ गोल अन्तरले पछि परेको स्थितिमा रोनाल्डोले खेलको इन्जूरी समयमा गोल गरी खेल बराबरीमा ल्याए । त्यसो त उनले पहिलो हाफको इन्जूरी समयमा पनि गोल गरेर खेल १–१ को बराबरीमा ल्याएका थिए ।

घरेलु टोली एटलान्टाका जोसिप इलिकिकले खेलको १२ मिनेटमा टोलीलाई सुरुवाती अग्रता दिलाए । ५६ मिनेटमा डुभान जापाटाले गोल गर्दे पुनः एटलान्टालाई २–१ को अग्रता बनाए ।

बराबरीसँगै समूह ‘एफ’ को खेलमा ४ खेलबाट २ जित १ बराबर र १ हारका साथ ७ अंक बनाएको युनाइटेड दोस्रो स्थानमा छ ।

दुई पटकसम्म अग्रता बनाएर पनि बराबरीमा रोकिएको एटलान्टा ४ खेलमा १ जित, २ बराबर र १ हारका साथ ५ अंक बनाएर तेस्रो स्थानमा छ ।
समूह ‘एफ’को खेलमा स्पेनिस क्लब भिल्लारियलले स्विस क्लब योङ ब्वाईलाई २–० गोल अन्तरले पराजित गरेको छ ।

घरेलु मैदानमा भिल्लारियललाई जित दिलाउन एटिएन कापोइले खेलको ३६ र अर्नाउट डान्जुमाले ८९ मिनेट दोस्रो गोल गरे ।

जितसँगै भिल्लारियल समूह ‘एफ’ मा ४ खेलबाट २ जित १ बराबर र १ हारका साथ ७ अंक बनाएर शीर्ष स्थानमा छ । सामान अंक भएपनि युनाईटेड गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ । पराजित योङ ब्वाई ४ खेलबाट १ जित र ३ हारका साथ पुछारमा छ ।

जर्मन क्लब बायर्न म्युनिख र स्पेनिस ला लिगा क्लब बार्सिलोना युईएफए च्याम्पियन्स लिगमा विजयी भएका छन् । मंगलबार रातिको समूह ‘ई’ को खेलमा बायर्नले फरवार्ड रोवर्ट लेवान्डोस्कीको ह्याट्रिक मद्दतमा पोर्चुगिज क्लब एसएल बेन्फिकालाई ५–२ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाले युक्रेनी क्लब ड्यनामो केईभलाई १–० गोल अन्तरले पराजित गर्दै च्याम्पियन्स लिगमा दोस्रो जित हासिल गरेको छ । घरेलु मैदानमा बायर्नको जितमा लेवान्डोस्कीले ह्याट्रिक पूरा गर्दा सर्जी जिनाब्री र लिरोए सानेले १(१ गोल गरे ।

बेन्फिकाका लागि फिलिप मोराटो र डार्विन नुनेजले १(१ गोल गरे ।

घरेलु मैदानमा खेलको २६ मिनेटमा रोबर्ट लेवान्डोस्कीले बायर्नलाई सुरुवाती अग्रता दिलाए । ३२ मिनेटमा जिनाब्रीले २–० को अग्रता बनाए । ३८ मिनेटमा फिलिपले गोल गर्दै बेन्फिकालाई २–१ को अवस्थामा ल्याए ।

यसपछि सानेले ४९ मिनेटमा ३–१ को अग्रता बनाए । लेवान्डोस्कीले खेलको ६१ मिनेटमा ब्यक्तिगत दोस्रो तथा टोलीको लागि चौथो गोल गरे ।

डार्विनले गोल गर्दा बेन्फिकाले अग्रता ४–२ मा झारेको छ । खेलको ८४ मिनेटमा लेवान्डोस्कीले ह्याट्रिक पूरा गर्दै टोलीलाई ५–२ को सानदार जित दिलाए ।

यही समूहको चौथो राउण्डमा अन्शु फातीको निर्णायक गोलमा ड्यानामोलाई बार्सिलोनाले पराजित गरेको छ । युवा फरवार्ड अन्शुले खेलको ७० मिनेटमा गोल गरेका थिए । बाँकी समय गोल हुन नसक्दा च्याम्पियन्स लिगमा दोस्रो जित निकाल्यो ।

समूहको खेलसँगै ४ खेलका शतप्रतिशत जितसहित १२ अंक बनाएको बायर्न शीर्ष स्थानमा रहँदै अन्तिम १६ मा स्थान बनाइसकेको छ । बायर्न २ खेलअघि नै प्रिक्वाटरफाइनलमा स्थान बनाएको छ ।

बार्सिलोना ४ खेलबाट २ जित र २ हारका साथ ६ अंक बनाएर दोस्रो स्थानमा छ । बार्सिलोनाको भने अन्तिम १६ यात्राको सम्भावना कायम छ । ४ अंक बनाएको बेन्फिका तेस्रो स्थानमा रहँदा ड्यनामो केईभ १ अंकका साथ तालिकाको पुछारमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर