उत्पादनमा लगानी गर्ने वातावरण बनाउन रुपन्देहीका व्यवसायीको माग – Nepal Press

उत्पादनमा लगानी गर्ने वातावरण बनाउन रुपन्देहीका व्यवसायीको माग

रुपन्देही । मुलुकको सम्मृद्धिका लागि उत्पादमा लगानी गर्ने बाताबरण बनाउन लुम्बिनी प्रदेशका उद्योगी व्यवसायीहरुले सरकार समक्ष माग गरेका छन् । अव्यवस्थित भन्सार प्रणाली,अव्यवहारिक राजस्व नीति र झन्झटिलो प्रक्रियाका कारण उत्पादनतर्फ आकर्षण बढ्न नसकेको उनीहरुको निष्कर्ष छ ।

वर्तमान राजश्व नीतिको समीक्षा एबम् आगामी नीतिबारे सुझावसम्बन्धि छलफल कार्यक्रममा बोल्दै उद्योगी ब्यवसायीले सरकारले बिगतमा २० अर्ब भन्सार राजस्वको परिकल्पना गर्दाको भन्सार ब्यवस्थापन आज १२७ अर्बको राजश्व परिकल्पना गर्दा पनि उही क्षमतामा चलिरहेको गुनासो गर्दै भन्सार कार्यालयहरुको क्षमता बढाउन माग गरे ।

उनीहरुले भन्सार बिन्दुमा एकीकृत जाँच प्रणाली छिटो स्थापना गर्न, भन्सारसँग सरोकार राख्ने बैंक, क्वारेन्टाइन, नापतौल र गुणस्तर कार्यालयहरुलाई २४ सै घन्टा खोल्ने ब्यवस्था मिलाउन, अनलाइन प्रणालीहरुलाई ब्यवस्थित गर्न, ठूला उद्योगको समस्या समाधान गर्ने नाममा साना उद्योगलाई मारमा नपार्न, करको दायरा बढाउँदै दर घटाउन, कोभिडले मारमा परेका उद्योगी ब्यवसायीलाई ब्याजलगायतका बिषयमा सुबिधा दिन माग गरे ।

अन्तरक्रियामा बोल्दै लुम्बिनी प्रदेश चेम्बर अफ कमर्शका अध्यक्ष टंक पोखरेलले सरकारको भन्सार लक्षित राजश्व नीतिलाई अब परिमार्जन गर्न जरुरी रहेको बताए ।

उनले राजनीतिक दलका नेता र नेपाल सरकारका कर्मचारी मोटाउँदै जाने तर उद्योगी ब्यवसायीहरु दुब्लाउँदै जाने परिस्थिति रहेको भन्दै राजश्व तिरेर मुलुक चलाउन योगदान गर्ने ब्यवसायीलाई सम्मान गर्न आग्रह गरे ।

उत्पादनमा मात्र अनुदान दिन,उत्पादित वस्तुको बजार ग्यारेन्टी गर्न, अबैध ब्यापारलाई निस्तेज गर्न,भन्सारमा कारोबार मूल्यलाई मान्यता दिएर अन्डर बिलिङकाे समस्या समाधान गर्न उनको अग्रह थियो ।

नेपाल उद्योग बाणिज्य महासङघका केन्द्रीय सदस्य महेन्द्र कुमार श्रेष्ठले वर्षाैंदेखि उद्योगी व्यवसायीका समस्या उठाउँदा पनि सुनुवाइ नभएको गुनासो गरे ।

उद्योग बाणिज्य संघका लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले अर्बौ लगानी भएका उद्योगहरुको सुरक्षामा राज्य गम्भीर नभएको आरोप लगाए । समृद्दिका लागि योगदान गर्ने उद्योगी व्यवसायीका समस्या समाधान गर्न,उत्पादनतर्फ आकर्षित भइरहेका नयाँ पुस्तालाइ प्रोत्साहन गर्न उद्योग स्थापनादेखि संचालन गरेर त्यसले बजारमा सामान नपठाउदा सम्म अनावश्यक झन्झट नदिन आग्रह गरे ।

घरेलु तथा साना उद्योग समितिका लुम्बिनी प्रदेश अध्यक्ष नेत्र पाठकले खानीजन्य र बन पैदावरसँग सम्बन्धित उद्योगहरु सन्चालन गर्ने वातावरण बनाउन माग गरे ।

नेपाल उद्योग परिसङघ लुम्बिनीका उपाध्यक्ष बाबुराम बोहोराले उत्पादनमा लागेका उद्योगीहरुलाई राज्यले प्रोत्साहन गर्न नसकेको गुनासो गरे । कच्चा पदार्थको आयात गर्ने सवारी साधन र पर्यटक भित्रने सवारी साधनलाई अलग अलग सडकको व्यवस्था गरेर भन्सारमा लाग्ने सवारीको लाइन घटाउन सकिनेतर्फ सचेत गराए ।

व्यवसायीहरुले राखेका सुझाबहरुको सम्बोधन गर्दै नेपाल सरकार अर्थ मन्त्रालय का राजश्व सचिब कृष्णहरि पुस्करले भन्सारहरुको क्षमता अभिबृद्धि गर्न, भन्सार प्रक्रियामा सामानहरु जाँचपास गर्न भेहिकल स्क्यानरको ब्यवस्था गर्ने, अनलाइनलाई थप व्यवस्थित बनाउने प्रतिबद्धता ब्यक्त गरे ।

उनले कतिपय नीतिगत र अन्तररास्ट्रिय-क्षेत्रीय सन्धी सम्झौताहरु भन्सार र राजश्व नीतिमा बाधक रहेकोले त्यसलाई सम्बोधन गर्न राजनीतिक नेतृत्वले ध्यान दिनुपर्ने बताए । कार्यक्रममा चेम्बर अफ कमर्सका रुपन्देही अध्यक्ष यमलाल लोहनी, व्यवसायीहरु नरिश्वर पौडेल, ध्रुव धिताल, उज्ज्वल कसजुलगायतले धारणा राखेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *