युवा तथा खेलकुदमन्त्री गहतराजले गरे पुर्व मन्त्रीसँग छलफल – Nepal Press

युवा तथा खेलकुदमन्त्री गहतराजले गरे पुर्व मन्त्रीसँग छलफल

खेलाडी तथा खेल पुर्वाधारको विकासकामा बजेट बढाउन सुझाव

काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले पुर्व मन्त्रीसँग सुझाव लिएका छन् । बिभिन्न समयमा खेलकुद मन्त्रालय सम्हालेका पुर्व मन्त्री तथा राज्यमन्त्रीसँग सुझाव लिनका लागि सोमबार सिंहदरबारस्थित मन्त्रालयको सभाहलमा “राय परामर्श कार्यक्रम” आयोजना गरिएको हो ।

उक्त कार्यक्रममा सहभागी पुर्व मन्त्रीले मन्त्रालयबाट राम्रो संस्कारको सुरुवात भएको धारणा राखेका छन् । पूर्व युवा तथा खेलकुदमन्त्री चन्दा चौधरीले मन्त्रालयले युवा लक्षित कार्यक्रममा विशेष जोड दिनुपर्ने सुझाव दिईन । राज्यका अन्य निकायले समेत युवा लक्षित कार्यक्रम गर्दै आएको भए पनि ति सबै कार्यक्रमलाई मन्त्रालयकै मातहतमा ल्याउन उनले सुझाव दिइन् । त्यसैगरी खेलाडी तथा खेल क्षेत्रको समग्र विकासका लागि मन्त्रालयले अत्याधिक मात्रामा बजेटको ब्यवस्थापन गर्नुपर्ने र खेलाडीको जिवनस्तर उकास्ने खालका गतिविधिमा जोड दिनुपर्ने चौधरीको सुझाव थियो ।

पुर्व युवा तथा खेलकुद राज्यमन्त्री गोपी अछामीले पहिलो पटक पुर्व मन्त्रीसँग सुझाव संकलन कार्यक्रम आयोजना गरेर मन्त्रालयले राम्रो अभ्यासको सुरुवात गरेको बताए । जनशक्ति, पुर्वाधार र बजेटको स्थिती हेर्दा खेलकुद मन्त्रालय सधैं उत्पिडनमा परेको भन्दै अछामीले मन्त्रालयलाई आर्थिक रुपमा सवल बनाउनुपर्नेमा जोड दिए ।

साथै खेलकुद क्षेत्रमा सक्रिय बिचौलीयालाई निरुत्साहित गर्दै लक्षित वर्गलाई समेट्ने खालका प्रभावकारी गतिविधिलाई व्यापकता दिनुपर्ने बताउँदै उनले खेलाडीलाई नियमित रुपमा अभ्यास तथा तालिमको ब्यवस्था मिलाउन सुझाव दिए । उनले संघ, प्रदेश र स्थानीय स्तरमा आयोजना गरीने खेलकुद प्रतियोगिताका लागि भौतिक संरचान निर्माणमा सहयोग पुग्ने भएकाले त्यस प्रकारका गतिविधिलाई निरन्तता दिनुपर्ने बताए ।

छलफल कार्यक्रममा बोल्दै पुर्व मन्त्री जगत विश्वकर्माले धेरै लामो प्रयासपछि निर्माण भएको “खेलकुद विकास ऐन” कार्यान्वयन प्रक्रियामा लैजान आग्रह गरे । बाहिरी रुपमा ऐन प्रति विभिन्न खालका टिकाटिप्पणी हुने गरेको भए पनि वर्तमान खेलकुद क्षेत्रको अवस्थालाई व्यवस्थापन गर्ने सामथ्र्य खेल विकास ऐनले राख्ने कुरामा आफु ढुक्क रहेको विश्वकर्माले बताए ।

अघिल्लो सरकारले राम्रा खालका योजना अघि सारेको जिकिर गर्दै विश्वकर्माले विगतमा सुरु भएका खेल पुर्वाधारको निर्माण कार्य सम्पन्न गर्ने दायित्व मन्त्रालयको काँधमा रहेको बताए । उनले सात वटै प्रदेशमा निर्माण गर्ने भनिएका अत्याधुनिक खालका प्रादेशिक रंगशाला निर्माण कार्यलाई पूर्णता दिनसके स्थानीयस्तरबाट ठुलो मात्रामा खेलाडी उत्पादन हुनुका साथै खेल पर्यटनमा समेत यसले टेवा पुर्याउने धारणा राखे ।

खेलकुद मन्त्रालय अन्तर्गत रहेको युवा स्वरोजगार कोष विचौलीयाको कमाई खाने भाँडो बनेको प्रति दुख ब्यक्त गर्दैै पुर्व मन्त्री विश्वकर्माले युवा स्वरोजगारको पैसा लक्षित वर्गसम्म पुर्याउन नयाँ खालको निति बनाउनुपर्नेमा जोड दिए ।

छलफल कार्यक्रममा बोल्दै युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले सबै पक्षको सुझावका आधारमा नयाँ योजना तर्जुमा गरीने बताए । विगतमा भएका राम्रा कामको निरन्तरता र प्रभावकारी नयाँ कार्यको थालनिका लागि आफु निरन्तर छलफलमै रहेको बताउँदै मन्त्री गहतराजले मन्त्रालयको स्तर उठाउने कार्यमा आफु दिनरात लागिपरेको बताए ।

लफलबाट महत्वपूर्ण सुझाव संकलन भएको उल्लेख गर्दै मन्त्री अथकले भने, ‘तपाईहरुबाट प्राप्त महत्वपूर्ण सुझाव, सल्लाहलाई मैले मार्गनिर्देशका रुपमा ग्रहण गर्नेछु ।” कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका निमित्त सचिव कमलप्रसाद पोखरेलले मन्त्रालयको जिम्मेवारी र हालसम्म भएगरेका गतिविधिका बारेमा जानकारी दिएका थिए । त्यसक्रममा मन्त्री गहतराजले पुर्व मन्त्रीलाई खादा ओढाएर सम्मान गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर