काठमाडौंबाट बाहिरिनेलाई अनिवार्य खोप लगाउन सरकारको आग्रह : भोलिदेखि कलंकी, कोटेश्वर र बसपार्कमा खोप लगाइने – Nepal Press

काठमाडौंबाट बाहिरिनेलाई अनिवार्य खोप लगाउन सरकारको आग्रह : भोलिदेखि कलंकी, कोटेश्वर र बसपार्कमा खोप लगाइने

काठमाडौं । सरकारले तिहारका लागि काठमाडौँ उपत्यकाबाट बाहिरिनेहरूलाई कोभिड-१९ विरुद्धको खोप लगाएर गन्तव्यतर्फ प्रस्थान गर्न आग्रह गरेको छ ।

उपत्यकाका कलङ्की, कोटेश्वर, नयाँ बसपार्क र सामाखुसीमा मङ्गलबारदेखि खोप लगाउने व्यवस्था मिलाइएको जनाउँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो परिचयपत्रका साथ खोप केन्द्रमा गई खोप लगाउन सबैमा अनुरोध गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *