सोमबार ५३३ कोभिड संक्रमित थपिए, थप ९ जनाको मृत्यु – Nepal Press

सोमबार ५३३ कोभिड संक्रमित थपिए, थप ९ जनाको मृत्यु

मनाङ र मुगुमा संक्रमण शून्य

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ५३३ जना कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ६६४ नमुना (७४६८ पीसीआर र ४१९६ एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

सोही अवधिमा थप ९ जनाको कोभिड संक्रमणबाट मृत्यु भएको छ । ४९० जना निको भएका छन् । मुलुकको कूल संक्रमित संख्या ९३१८ छ ।

काठमाडौं जिल्लामा १६२, ललितपुरमा ५० र भक्तपुरमा १६ जना संक्रमित थपिएका छन् । काठमाडौं, भक्तपुर र ललितपुरमा सक्रिय संक्रमित संख्या ५०० भन्दामाथि छ ।

मोरङ, सुनसरी, झापा, नुवाकोट, मकवानपुर, कास्की, नवलपरासी पूर्व, रुपन्देही, बाँके र कैलालीमा सक्रिय संक्रमित २०० भन्दा माथि छ । मनाङ र मुगुमा कोरोना संक्रमण शून्य छ ।

कूल संक्रमित संख्या पीसीआर ८ लाख १३ हजार ११ र एन्टीजेन ९४ हजार ६२७ छ । निको हुने संख्या ७ लाख ९२ हजार २७७ तथा मृत्यु हुने संख्या ११ हजार ४१६ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *