शनिबार ३७२ जना कोभिड बिरामी थपिए, ११ जनाको मृत्यु – Nepal Press

शनिबार ३७२ जना कोभिड बिरामी थपिए, ११ जनाको मृत्यु

९११ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा थप ३७२ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५,३१६ पीसीआर परीक्षणमा २९७ जना र २,५९५ एन्टिजेन परीक्षणमा ७५ जना गरी ३७२ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ११ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ९११ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ९,५२६ जना रहेका छन् ।

हालसम्म ७ लाख ९१ हजार २६९ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ३९९ पुगेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *