फ्राइडे रिलिज : नेपाली बक्सअफिसमा आजदेखि हलिउड हेभिवेट ‘भेनम’ भर्सेस ‘ड्युन’ – Nepal Press

फ्राइडे रिलिज : नेपाली बक्सअफिसमा आजदेखि हलिउड हेभिवेट ‘भेनम’ भर्सेस ‘ड्युन’

काठमाडौं । आज शुक्रबार नेपाली बक्सअफिसमा दुई नयाँ फिल्म रिलिज भएका छन् । नेपाली र बलिउड फिल्म रिलिज हुन नसकेको रिक्तताको फाइदा उठाउँदै दुई प्रतीक्षित हलिउड फिल्महरु नेपलाी सिनेमा घरमा प्रदर्शनमा आएका हुन् । यी दुबै फिल्मलाई लिएर विश्वव्यापी पर्खाइ थियो ।

एप्पल इन्टरटेनमेन्टको ‘भेनम : लेट देयर बि कार्नेज’ र टि फोक पिक्चर्सको ‘ड्युन’ प्रदर्शन भएका हुन् । टम हार्डी स्टारर भेनमको पहिलो श्रृंखलाले लकडाउनअघिको नेपाली फिल्म बक्सअफिसमा राम्रो प्रदर्शन गरेको थियो । भेनमको अघिल्लो श्रृंखलाले क्यूएफएक्स चेनसहितका अन्य मल्टिप्लेक्समा ४० लाखभन्दा बढीको ग्रस कलेक्सन गरेको थियो ।

डेनिस भिलेनियभ निर्देशित अर्को साइन्स फिक्सन हलिउड फिल्म ड्युनमा तिमोथी चार्लामेट, रेविका फर्गुसन, अस्कर आइज्याक, जोस ब्रोलिन, जेनडाया लगायतको मुख्य अभिनय छ । यी दुबै फिल्मले समीक्षकबाट सुखद प्रतिक्रिया प्राप्त गरेका छन् ।

साइन्स फिक्सन र एड्भेन्चर जनराको भेनमले नेपाली सेन्सर बोर्डबाट पीजी प्रमाणपत्र पाएको छ भने तिमोर्थी चार्लामेट स्टारर एक्सन(ड्रामा ‘ड्युन’ले पनि पीजी नै पाएको छ । दुबै फिल्मले समीक्षकले राम्रो प्रतिक्रिया पाएको कारणले पनि अंग्रेजी फिल्मका दर्शकलाई रुचि हुने अनुमान गर्न सकिन्छ । कोरोना महामारीको कारण लगातार ठूला हलिउड फिल्म प्रदर्शन हुने भएकाले हलिउडप्रेमीलाई भने राम्रो अवसर हुनसक्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *