अलग भयो हलिउडको ‘आदर्श’ जोडी : सासुसँग झगडा हुँदा गिगीले दिइन् जयनलाई ब्रेकअप – Nepal Press

अलग भयो हलिउडको ‘आदर्श’ जोडी : सासुसँग झगडा हुँदा गिगीले दिइन् जयनलाई ब्रेकअप

काठमाडौं । गिगी हदिद र जयन मलिकले अन्ततः अलग बाटो रोजेका छन् । हलिउडको यो चर्चित जोडीको ब्रेकअप भएको अन्तर्राष्ट्रिय संचारमध्यमले जनाएका छन् ।

नेपालमा समेत यो जोडीको ठूलो फ्यान फलोइङ छ । २६ वर्षिया सुपरमोडल र २८ वर्षिय गायकको सम्बन्ध विच्छेद भएको पिपुल म्यागजिनले जनाएको छ ।

‘उनीहरु अहिले संगै छैनन् । हुन त उनीहरु असल अभिभावक हुन्’ हदिद परिवारकी एक साथीले भनिन् । ‘उनीहरुले अब सँगै बच्चा हुर्काउनेछन् । योलान्डा गिगीकी अति ख्याल गर्ने अभिभावक हुन् । उनी आफ्नी छोरी र नातिनीकै असल अभिभावक बन्न चाहन्छिन्’ उनले भनिन् ।

बिहीबार हलिउड वेबसाइट टीएमजेडले ब्रेकअपको खबर सार्वजनिक गरेको थियो । लगत्तै, मलिकले विज्ञप्ति जारी गर्दै गिगीकी आमा अर्थात सासुले आफूविरुद्ध पुलिस केस हाल्न लागेको जनाएका थिए ।

हलिउड संचारमाध्यमका अनुसार आफ्नी सासुसँग जयनको झगडालाई ब्रेकअपको मुख्य कारण मानिएको छ । उनीहरुबीच केही समयदेखि आरोप–प्रत्यारोप चलेको थियो । छोरी गिगीप्रति जयनले राम्रो व्यवहार नगरेको भन्दै सासु योलान्डाले सामाजिक संजालमै जयनप्रति आक्रोश पोखेकी थिइन् ।

जयन र गिगीबाट १३ महीनाकी सन्तान खै छिन् । सन् २०१५ को नोभेम्बरदेखि उनीहरुले रोमान्स थालेका थिए । सन् २०१६ मा हदिदले जयनको म्युजिक भिडिओ ‘पिलोटक’मा अभिनय समेत गरेकी थिइन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *