अमेरिकी डलर साट्ने भन्दै ठगी गर्न खोज्ने गोर्कणबाट पक्राउ – Nepal Press

अमेरिकी डलर साट्ने भन्दै ठगी गर्न खोज्ने गोर्कणबाट पक्राउ

काठमाडौं । अमेरिकी डलर साट्ने भन्दै ठगी गर्न खोजेको अभियोगमा गोर्कणबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं गोकर्णेश्वर-८ बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ घर भएका २७ वर्षीय मिन बहादुर पाइन रहेको छ । उनलाई बुधबार दिउँसो गोकर्णेश्वर नगरपालिका-८ जगडोलबाट प्रहरीले पक्राउ गरेको हो ।

पाइन लगायत ३ जनाले ललितपुर सातदोबाटो बस्ने झापा बिर्तामोड घर भएका २१ वर्षीय पुरुषलाई अमेरिकी डलर साट्ने भन्दै ठगी गर्न लागेका थिए  ।

ठगी गर्न खाेजेकाे सूचना पाएपछि महानगरीय प्रहरी वृत्त  बौद्धबाट खटिएको प्रहरीले पाईनलाई ५० दरको ११ थान अमेरिकी डलर, १ दरको १ थान अमेरिकी डलर, २० रुपैयाँ दरको ३ सय ३९ थान नोट, १० रुपैयाँ दरको ३ सय ६७ थान नोट, ४ थान मोबाइल, प्रदेश ०२-३० प ६९१६ नम्बरको मोटरसाइकल र पीडितको ५ लाख रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।

फरार अन्य २ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *